नेपाल आइडलको फिनाले आउन १ दिन बाँकी रहँदा रबीको आयो यस्तो स्टाटस

  मूलधार पोष्ट  336 पटक हेरिएको

काठमाडाैं- AP1 HD बाट प्रशारण हुँदै आएको चर्चित रियालिटी साे नेपाल आइडल सिजन –२ को ग्राण्ड फिनालेको लागि भव्य तयारी थालिएको छ । फिनाले ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा आगामी पुस ६ गते हुँदैछ ।

नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी पुगेका छन् । गत बिहीबारको प्रस्तुतीमा मुख्य निर्णायक न्युह् बज्राचार्यले चारै जना प्रतिस्पर्धीलाई फाइनलमा लैजाने बताएका हुन् । विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । दर्शकबाट सर्वाधिक भोट पाउने नै दोस्रो नेपाल आइडल बन्नेछ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा बनेका थिए । धेरै समय बाकी छैन कृप्या धेरै भन्दा धेरै भोट गर्दिनुस तपाइको साथ को धेरै खाँचो छ ।

प्रिय शुभचिन्तकहरु झुसिल्किरा अवश्य पुतली बन्छ तर पुतलि बन्न पनि सजिलो हुन्न । गीत संगीतको धर्तीमा म त्यही झुसिल्किराहो जस्लाई हजुरहरुले पुतली बनाएर विभिन्न बगैंचामा डुलाउनको निमित्त देश तथा विदेश बाट सक्दो प्रयास गरिरहनु भएकोछ । हजुरहरुको यो निस्वार्थ प्रेम र समर्थनको ॠणिछु । मलाई बारम्बार भोट गरेर यहा सम्म ल्याउनुहुने यहाहरु सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।म त एउटा साधा कागज जस्तै हुँ जस्मा भोट् , माया, समर्थन, हौशला जस्ता रंगहरु भरेर मलाई रंगिन बनाईदिनु भएकोछ । आज सम यहा पुग्नु सब हजुर हरुकै देन हो आशाछ अब अन्तिम पल्ट धेरै भन्दा धेरै भोट गरेर मलाई दोस्रो नेपाल आइडल बन्न सह्योग गर्नु हुने छ ।

आदरणीय, प्रिय शुभचिन्तकहरुमा मेरो नमस्कार ।
हजुरहरुले मलाई दिनुभएको यो अगणित मायाको निम्ति सदैब आभारीछु । यो निस्वार्थ माया, साथ, सहयोग र हौशलाका निम्ति हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछु । यो प्रतिस्पर्धाको तिर्खा नै बडो रोचक हुँदो रहेछ, गन्तब्यको जति नजिक पुग्यो उति बढ्दै जाने ।

म त्यही प्यासी हुँ जो नेपाल आईडलको प्रतिस्पर्धामा “नेपाल आईडलको” पगरीले आफ्नो प्यास मेटाउन हरदम लागि परेको छु । – म एउटा साङ्गीतिक आकाशमा उडिरहेको बेलुन हुँ जहाँ तपाईंहरुको मायानै मायाले भरिएको हावाछ । यदि त्यो प्रेमिल हावा नहुनेहो भने बेलुन उड्न असम्भव थियो, छ र भैरहनेछ । यहाँ सम्म ल्याउन हजुरहरुको जुन साथ सहयोग र मायाछ यो सधैं रहिरहोस ।

अब म गन्तब्यको नजिकछु तर गन्तव्यको शिखर चुम्न म एक्लै केही हैन । तसर्थ यो साथ फेरि पनि उसैगरी पाईरहुँ । साथै सम्पूर्ण साथी भाई दाजु भाई तथा दिदी बहिनी हरु मा यो बिन्ती गर्न चाहन्छु कि अैले नेपाल अाईडल अन्तिम चरान मा पुगेको छ र जिम्मेबरी पनि उत्तिकै बधेको छ तेसैले प्रोग्राम भित्र नै अभ्यास र रीयाज साथै अाईडलको अरु काममा हुँदा खेरी हजुर हरु को एती धेरै माया र साथ् ले भरिएको मेसेज पनि फर्कौन सकिरहेको छैन तर कार्यक्रम पछी अबस्य पनि हजुर हरु सँग समय बिताउने छु र हजुर हरु सँग कुरा गर्ने बाचा गर्दै सम्पूर्ण मेरो मायालु हात हरु सँग माफि मग्न चाहन्छु । यो साथ सहयोग र मायाका निम्ति फेरि पनि हार्दिक हार्दिक धन्यवाद । धन्यवाद, जय गीत, जय संगीत ,तपाईंहरुको प्रिय – रवि ओड ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार