भोटमा रवी अगाढी भनिएको हल्ला झुटा भएको दावी

  पत्रपत्रिकाट  259 पटक हेरिएको

नेपाल आइडलको टप ४ को समीकरण सकिदै फिनाले नजिकिदै गर्दा आफुलाई मन पर्ने प्रर्तिस्पर्धिलाई जिताउन सबैजना देश विदेश बाट लागिपरेका छन् । यसै क्रममा फेरी सामाजिक संजालमा रवि ओडले भोटिंगमा अग्रता लिए भन्दै हल्ला फैलिएको छ । यो हल्ला रवि सरासर झुटो रहेको छ ।

नेपाल आइडलमा कसले कति भोट प्राप्त गर्यो भनेर हेर्न मिल्दैन र यसको नतिजा सिधै फिनालेमा नै सार्वजनिक हुने गर्दछ । यति सम्म कि यसको नतिजाको बारेमा जजहरु समेत अनविज्ञ हुन्छन । त्यसैले पनि सामाजिक संजालमा रविले धेरै भोटको अग्रता लियो भनेर अनावस्यक हल्ला फैलाइएको छ ।

केहि दिन अगाडी रवि ओडलाई भोट गर्दै अमित बरालको नाम आएको भन्दै सामाजिक संजालमा निकै ठुलो बहस तथा चर्चा भएको थियो । यति सम्म कि याे विषयमा नेपाल आइडलको कार्यालयमै रविका समर्थक पुग्नु पर्यो । तर त्यो समस्या प्राबिधिक भएको र त्यसमा चिन्तित नहुन रवि ओडले फेसबुक मार्फत नै जानकारी गराएका थिए ।

नेपाल आइडलको टप ४ मा पुग्दै झापाका सुमित पाठक, अश्मिता अधिकारी, पोखराका बिक्रम बराल र धनगढीका रवि ओड फिनालेमा पुगिसकेका छन् । नेपाल आइडल बन्नका लागि सम्पूर्ण अधिकार जनताको हातमा भएकाले पनि अब भोटको महत्व सबैलाई अत्याधिक रहेको छ । जनता बाट प्राप्त गरेको भोट नै नेपाल आइडलको टुंगो लाग्ने भएकाले पनि फिनालेमा पुगेका प्रतिस्पर्धिलाई भोटको आवस्यक रहेको छ । यसै बिचमा रविको भोट धेरै भनेर गरिएको हल्ला सरासर झुट्टो रहेको छ । त्यसैले पनि सबैले भोट गर्न नछोड्नु होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार