पुरा भयो प्रम अोलीको सपना, काँग्रेसलाइ छट्पटी

  मूलधार पोष्ट  231 पटक हेरिएको

काठमाडाैं- काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको लागि चिनियाँ कम्पनिसँग भोलि सम्झौता गर्न लागेको हो ।

चाइना रेलवे ग्रुप कम्पनीलाई डीपीआर निर्माण गर्ने जिम्मा दिन लागिएको महानगरपालिका जनाएको छ । बुधबार राष्ट्रिय सभा गृह एक कार्यक्रमको बिच महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुने बताएको छ । २७ दशमलब ५ किलोमिटर रहेको चक्रपथ वरिपरी मोनोरेल निर्माणको लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययन टोलिले देखाएको छ ।

चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसअनुसार मोनोरेलको स्टेशन कलंकी, महाराजगञ्ज, र कोटेश्वर गरी तीन खण्डमा हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार