निर्मलाको हत्या सुइकारेका प्रदिप र विशालको डिएनए सार्बजनिक

  मूलधार पोष्ट  302 पटक हेरिएको

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ आएको छ। गत मंसिर १८ गते काठमाडौँको राजधानीबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ निवासी प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

‘बलात्कारपछि हत्या गरेर गाउँकै उखुबारीमा भेटिएको निर्मलाको शवबाट निकालिएको ‘भजाइनल स्वाबसँग दुवैजनाको डिएनए मिलेको पाइएन’, उच्च स्रोतले भन्यो, ‘दुवैको डिएनए परीक्षणको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ। अब यसलाई जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले आज या भोलिसम्म खोल्नेछ।’ निर्मला हत्याकाे अनुसन्धान गरिरहेकाे केन्द्रीय अनुसन्धान ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

रावलले हत्या गरेकाे स्वीकारेकाे प्रारम्भिक बयानमा बताएकाे भन्दै प्रहरीले सार्वजनिक गरेकाे थियाे । तर पछि उनीहरू निर्मला हत्या भएकाे दिन कुखुरा चाेरेकाे अाराेपमा प्रहरी हिरासतमै रहेकाे कुरा बाहिर अाएकाे थियाे । तर, पछिल्लो समयमा उनीहरुले पटक पटक बयान फेर्दै प्रहरीलाई नै अफ्ठेरोमा पारेका थिए। उनीहरुसँगको बयान चलिरहेका बेला डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार