यसै वर्ष भृकुटीमण्डप खुल्लाबजारमा ‘सेमि–परमानेन्ट स्टल’ हुन्छ : मन्त्री थापा

  मूलधार पोष्ट  164 पटक हेरिएको

काठमाडाैं- महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा गणतन्त्र आएपनि अहिलेसम्म नेपाली जनताको सोच र संस्कारमा परिवर्तन नआएको गुनासो पोखेकी छिन् ।उनले भनिन्,‘अझैपनि हामीहरुसँग पितृसतात्मक सोच छ । महिलाहरुले अझैपनि आफ्नो हक र अधिकार प्राप्तिको लागि संघर्ष गरिरहनु परेको अवस्था छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अव स्थामा पुगिसक्दापनि हामी नेपालीहरुको सोचमा व्यवस्थाअनुसार परिवर्तन आएको छैन् ।’ काठमाडौं निम्न व्यापारी संघ भृकुटिमण्डप खुल्लाबजारको २६ औं स्थापना दिवसका अबसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् । जनतासंग सरोकार राख्ने कानुन निर्माणले तिव्रता पाउने उनको भनाई छ ।

उनले जनतासंग सरोकार राख्ने केही कानुन निर्माण भईसकेको र अब बाकी कानुन निर्माणको कामले तिव्रता पाउने बताईन । मन्त्री थापाले संघीय संरचनाको स्थापित भैसकेपछि मौलिक हकसंग सम्बन्धित काम बनाईसकेको बताईन् । उनले निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धताहरु पनि सरकारले क्रमशः पुरा गर्दे लैजाने विश्वास दिलाईन् ।

संविधान र कानुनमा भएका बिषयहरुलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको पनि उनले जनाईन् । मन्त्री थापाले जनताको हक र हितका लागि नै सरकार आफ्नो काममा केन्द्रित भएको जिकिर गरिन् । त्यस्तै मन्त्री थापाले भृकुटीमण्डप खुल्लाबजारमा त्रिपालको स्टल हटाएर यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । स्थापना दिवसका अवसरमा संघले बृहत्त रक्तदान कार्यक्रमको समेत आयोजना गरेको संघका अध्यक्ष लक्ष्मी प्रसाद ओलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार