बिना धितो १० लाख कर्जा लिन आह्वान

  मूलधार पोष्ट  1270 पटक हेरिएको

काठमाडाैं- एनएमबि बैंक लिमिटेडले बिपन्न बर्गलाई लक्षित सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ। सरकारको नीतिलाई समर्थन गर्दै बैंकले बिनाधितो बिभिन्न ७ प्रकारका कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बिनाधितो प्रदान गरिने कर्जाको ब्याजदर करिब ८ प्रतिशत हुने र यसमा कुनै पनि प्रकारका शुल्क नलाग्ने बताए।

बिनाधितो कर्जा योजनामा एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाख रुपैयाँसम्म, एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, एनएमबि वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म दिने जनाएको छ।

त्यसैगरी, एनएमबि उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ७ लाखसम्म, एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाखसम्म र एनएमबि १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार यस्तो कर्जा बढीमा पाँच वर्षकाे लागि प्रदान गरिने छ। यद्दपी कर्जा लिन व्यवसायिक याेजना पेश गर्नुपर्छ । शैक्षिक कर्जा लिन कम्तिमा स्नातक पास गरेकाे, ४० वर्ष भन्दा कम उमेरकाे, कम्तिमा ७ दिन सम्बन्धित व्यवसाय गर्न तालिम लिएकाे हुनुपर्नेछ।

त्यस्तै, बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी “अग्रणी महिला कृषि कर्जा” योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत महिला कृषकहरुले उत्पादन लागतमा आधारित रहि १५ लाख रुपैयाँ सम्मको कर्जा पाउने छन् । यस्ताे कर्जा लिन धिताे आवश्यक हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार