ए डिभिजन लिग फुटबलमा संकटा र हिमालयन शेर्पाको जित

  मूलधार पोष्ट  296 पटक हेरिएको

काठमाडाै‌- सहिद स्मारक ए डिभिजन लिगमा फुटबलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । काठमाडौंको हलचोक मैदानमा आज भएको खेलमा संकटाले फ्रेन्ड्सलाई ३–१ गोल अन्तरले हराएको हो ।जितसंगै संकटाले शीर्ष स्थानको मनाङसंग अंक बराबरी गरेको छ । संकटाले ९ खेलबाट २४ अंक जोडेको छ । संकटा भन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेलेको छ ।

हारसंगै फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा यथावत छ । त्यस्तै आजै भएको अर्को खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँँडेका छन् । एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा सरस्वती र जावलाखेलले गोल रहित बराबरी खेलेका हुन् ।खेल अवधिभर दुवै टोलीले अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् । बराबरीपछि जावलाखेल ८ अंक जोड्दै दशौँ स्थानमा छ भने सरस्वती १० अंक सहित नवौँ स्थानमा छ ।

त्यसअघि भएको खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो ।हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा बिजयी गोल गर्नुभयो । जितसँगै हिमालयन शेर्पा तालिकाको छैटांै स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट १४ अंक जोडेको छ । पुलिससँग समान अंक भएपनि गोल अन्तरका आधारमा शेर्पा क्लब पछाडी परेको हो । एनआरटीले नवौ चरणको खेलसम्म आईपुग्दा जित विहिन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार