नेपाली काँग्रेसको विधान प्रतिवेदन अझै पेश भएन यस्तो छ भित्री कारण

  मूलधार पोष्ट  248 पटक हेरिएको

काठमाडाै‌– नेपाली काँग्रेसको जारी महासमिति बैठक लम्बिने भएको छ । भोलीसम्म सकिनुपर्ने महासमिति बैठकमा काँग्रेसको विधान पेश भएको छैन । तर राजैनितिक तथा सांगठानिक, आर्थिक लगायतका प्रतिवेदन माथि छलफल भईरहेको छ । केहि बेर अघिसम्म २४ जना महासमिति सदस्यले प्रतिवेदनबारे आफ्नो धारणा राखेको नेता रामहरी खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच नेपाली काँग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ ।विधान संशोधन मस्यौदा समितिले १ सय ४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १ सय ५१ बनाउने तयारी भइरहेको बुझिएको छ ।यसमा सहमति जुटेमा ६० प्रतिशत खुलाबाट चुनिनेछन् भने ४० प्रतिशत आरक्षणबाट आउनेछन् ।

महिलालाई ३३ प्रतिशत आरक्षण र अरुलाई जनसंख्याका आधारमा आरक्षण कायम गर्न नेताहरु सहमति नजिक पुगेको बताईएको छ ।तर, पदाधिकारीको निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । उपसभापति, महामन्त्री र सहमहामन्त्री २÷२ जना राख्ने सहमति भएको छ ।तर, सभापति शेरबहादुर देउवा पक्षले एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित हुनुपर्ने अडान राखेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै मनोनित हुनुपर्ने अडान लिएका छन् ।

एक नेताका अनुसार निर्वाचन पद्धतीमा सहमति जुट्न नसकेपछि २÷२ उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचित र एकएक मनोनित गर्ने विकल्प पनि छलफलमा आएको छ ।यसो भएमा पदाधिकारी संख्या ११ जना पुग्नेछ । पदाधिकारीको निर्वाचन पद्धतिलगायतका विषयमा छलफल गर्न आज दिउँसो बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक साँझ ७ बजेका लागि फेरि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार