फेरी १४ बर्षिया बालिकामाथी बलत्कार

  पत्रपत्रिकाबाट  214 पटक हेरिएको

महोत्तरी- महाेत्तरीकाे बर्दिवास नगरपालिका– ४ माईस्थानकी १४ वर्षीया बालिकालाई बलात्कार गरेकाे अाराेपमा साेही ठाउँ बस्ने १८ वर्षीय रविशंकर क्याप्छाकी मगर पक्राउ परेका छन्। विवाह गर्ने प्रलोभन देखाएर राति जंगलमा लगी बालिकालाई बलात्कार गरेकाे अाराेपमा मगरलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी खगेन्द्र खड्काले दिएको जानकारी अनुसार प्रेमको जालमा पारी मंसीर २९ गते जंगलमा लगेर बलात्कार गरेको पीडित परिवारजनको उजुरीको आधारमा गिरफ्तार गरी जबरजस्ती करणीको मुद्दा चलाइएको छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वर्दिवास अस्पतालमा गरिएको छ । ’रातभरि बालिकामाथि जर्बजस्ती करणी गरेर युवक जंगलमै छोडेर भागे,’ प्रदेश २ का विश्वकर्मा समाजका अध्यक्ष मिन रहपालले भने, ’आरोपी युवालाई बर्दिबासको जंगल एरियाको खयरमारबाट पक्राउ गरेर प्रहरीमा बुझाएका छौं। नेपाल लाइभबाट

त्यस्तै सल्यानमा पाँच सिट क्षमता भएका २२ वटा जीपहरू समिति बाटै हटेका छन् । सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले पाँच सिट क्षमता भएका जीप समितिबाट हटाउने निर्णय गरेको हो । पाँच सिट क्षमता भएका जीपलाई थप सिट जडान गरी चौध सिट बनाएर सल्यानका ग्रामीण सडकमा सञ्चालन हुदैँ आएका थिए ।

तर ट्राफिक प्रहरीले त्यस्ता जीप सञ्चालनमा जिल्लामा रोक लगाएपछि व्यवसायीहरुले ती जीपमा पछि जडान गरेका सिट हटाएका थिए । पाँच सिट भएका मात्रै जीप सञ्चालन गर्दा मारमा पर्ने भन्दै यस समितिले पाँच सिट क्षमताका जीप हटाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष लोकमान बुढाथोकीले पाँच जना यात्रु बोकेर गाडी सञ्चालन गर्दा व्ययवसायी मारमा पर्ने भएकाले समितिबाट हटाइएको बताउनुभयो । हटाइएका जीपलाई राहत स्वरुप १ लाख ५० हजारको दरले रकम उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार