अज्ञात समूहद्धारा १२ लाखको जैतुन क्षेती (फोटो सहित)

  मूलधार सम्वादाता  639 पटक हेरिएको

बाजुरा– जिल्लाकोे बडिमालिका नगरपालिका ९ राउते रवामा रहेको जैतुन बगैचा तथा नर्सरी संरक्षित क्षेत्रमा ११ गते राती अज्ञात समूहले तोडफोड गरेको छ । अज्ञात समूहको तोडफोड पछि १२ लाख बढीको क्षेती भएको पाईएको छ ।

११ गते राति अज्ञात समुहले जैतुन बगैचा तथा नर्सरी संरक्षीत क्षेत्रमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जैतुन बैगैचा भित्र रहेका १५ सय जैतुनका बिरुवा हरुमा क्षेती पुगेको छ । कसरी कसले यसमा क्षेती पुर्याएको हो यसको तत्काल छानविन गरि कार्वाही गरिदिन नर्सरी ब्यबस्थापन समितिका अध्यक्ष गचे चदाराले आग्रह गरेका छन् ।

क्षेती गरेको आशंकामा बडिमालिका नगरपालिका वडा नं. ८ का विरेन्द्र अयडीलाई नियन्त्रणमा लगिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

जैतुन बगैचा तथा नर्सरीका लागि नेपाल सरकार जिल्ला कृषि बिकास कार्यालय, उद्योग बाण्ज्यि संघको सयुक्त ५ लाख ९९ हजार सातसयको लगानी र स्थानीयको ६ लाखको जनश्रमदानबाट निर्माण भई संचालन गरिएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार