नेपाल आईडलको फाइनल पुगेका रबिको भोट गरिदिन आव्हान

  टेकराज भण्डारी  212 पटक हेरिएको

अछाम – नेपालकै चर्चित सिंगिङ रियालिटी सो नेपाल आईडलको फाईनल मिति नजिकिएसंगै प्रतिष्पर्धा तीब्र बनिरहेको छ । फाईनलका लागि ४ जना प्रतिष्पर्धामा रहेका छन् । प्रतियोगिमध्ये १ जना रबि ओड सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै फाईनलमा पुगेका छन् । पुख्र्यौली घर अछामको घुघुरकोट भई हाल कञ्चनपुरमा बसोबास गर्ने रबिले आफुलाई मतदान गरी बिजयी बनाईदिन सबैमा आव्हान गरेका छन् ।

धनगढी अडिशनबाट नेपाल आईडलको यात्रा तय गरेका रबिले हरेक पटक आफुले उत्कृष्ठ गीत गाउँदै निर्णायाक, दर्शक तथा संगीत पारखिको मन जितेका छन् । रबिले आफुलाई बिजयी बनाउन मोवाईल मार्फत एसएमएस र रेस्पेक्ट मोवाईल एप्लिकेशन मार्फत भोट गरिदिन आव्हान गरेका छन् । मोवाईलको म्यासेज बक्समा गएर रबिको भोटिङ कोड १० टाईप गरी ३१००९ मा भोट गरीदिन टेलिफोन मार्फत आग्रह गरेका छन् ।

भोट पौष ६ गते बेलुका ५ बजेसम्म मात्रै हाल्न पाईने भएकोले जतिसक्दो छिटो र जतिसक्दो धेरै भोट गरिदिन उनको अनुरोध छ । रबिले सुदूर तथा कर्णाली प्रदेशको संस्कृति झल्किने डेउडा, लोक गीत तथा आधुनिक, राष्ट्रिय, पप लगायतका गीतमा उत्कृष्ठ कला पस्किँदै सबैको मन जित्न सफल भैसकेका छन् । नेपाल आईडलको मञ्चमा उनले गाएका सबैजसो गीतमा जजले प्रशंसा गरेका थिए । आफुले यस क्षेत्रको सांगितिक गतिविधिलाई आगामी दिनमा माथि उठाउन तथा सुदूरपश्चिमको शीर उचो बनाउने र यसका लागि बढी भन्दा बढी भोट गरीदिन उनले आव्हान गरेका छन् । नेपाल आईडलको फाईनलमा सुदूरपश्चिम कञ्चनपुरका रबि ओड, पोखराका बिक्रम बराल, तथा झापाका अस्मिता अधिकारी र सुमित पाठक पुगेका छन् । रबिलाई भोट गर्नका लागि मोवाईलको म्यासेज बक्समा गएर १० टाईप गरी ३१००९ मा भोट गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार