काेदालाे प्रहार गरि आमाकाे हत्या

  मूलधार पाेष्ट  336 पटक हेरिएको

दैलेख-कोदालो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । दैलेखको नारायण नगरपालिका —३ भुर्तिमा सोमबार दिउँसो साढे— १ बजेतिर छोराले कोदालो प्रहार गरी आमाको हत्या गरेका हुन् ।

सदरमुकाम नजिकै पर्ने भुर्तिका वालाराम नेपालीले प्रहार गरेको कोदालोले लाग्दा —४७ वर्षिया आमा पार्वती सार्किको मृत्यु भएको हो । भने सोही ठाउँ निवासी जुवारी नेपाली, कौशिला नेपाली र मन्दिरा नेपाली घाईते भएका छन् ।

घाईतेमध्ये जुवारी नेपालीको अवस्था गम्भीर रहेको दैलेख प्रहरीले जनाएको छ । वालाराम झुण्डियर मर्छु भनि हिडेको वेला आमा, वज्यै र वहिनीले राेक्न खोज्दा उनीहरुमाथि कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरिक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

कोदालो प्रहार गर्ने वालारामलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । घाईते तिनै जनाको अहिले जिल्ला अस्पताल दैलखमा उपचार भइरहेको पोखरेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार