सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

  मूलधार पोष्ट  463 पटक हेरिएको

बाजुरा- बाजुरामा चार दिनदेखि सुत्केरी व्यथा लागेको गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।सदरमुकाम मार्तडीदेखि दुई दिनको दुरीमा पर्ने साविकको खप्तड छेडेदह गाउँपालिकाका रामकला नेपालीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्याइएको हो ।सुत्केरी व्यथा लागेपछि चार दिनअघि नै स्थानिय स्वास्थ्य चौकीमा रामकलालाई भर्ना गरिएको थियो ।

स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उहाँलाई नेपालगञ्ज अस्पतालमा रिफर गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम पहाडी जिल्लामा अप्ठेरोमा परेका गर्भवती र सुत्केरीहरुलाई हवाई माध्यमद्वारा उद्धार गर्न वार्षिक बजेटमै एक करोड विनियोजन गरेको छ । जिल्लाकाअधिकांस स्थानमा स्वास्थ्य चौकीसम्म पु¥र्याउन घण्टौंसम्म डोकोमा बोकेर लानुपर्ने बाध्यताछ ।

बाजुरा जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले प्रसूतिसम्बन्धी अप्ठेरो परे उपकरण र दक्ष चिकित्सक अभावमा उपचार हुन कठिन भएको बताउनु भयो । साँकेतिक तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार