असहाय दुई बालबालिकालाई लेवनानबाट सहयोग

  मुुलाधार पोष्ट  410 पटक हेरिएको

बाजुरा- जिल्लाको स्वामीकार्तिक गाउँपालिका – ३ जुकोटका असहाय दुई बालवालिकालाई १० हजार बराबरको खाद्य सामाग्री सहयोग गरिएको छ । स्वामीकार्तिक खापर गाउपालिका ३ जुकोटका १५ बर्षिया राजु कामी र १० बर्षिय ईश्वर कामीको गरिबी अवस्थालाई सामाजिक संजालमा ल्याएपछि उनीहरुको अवस्था हेरेर धनकुटा घर भै हाल लेवनान बस्तै आएकी मुना तुम्छा राईले करिब दश हजार बराबरको खाद्यन्न सामाग्री सहयोग गरेको सामाजिक अभियान्ता प्रकाश सिंहले बताउनुभएको छ ।

बुवा प्रवल कामीको ९ बर्ष पहिला र आमाको ८ बर्ष पहिला दमको रोग लागेर उपचार गर्ने पैंसा नभएर मृत्यू भएको थियो । अहिले उनीहरुको घरमा खाना खाने एक थाली मात्र छ त्यो पालो पालो गरेर खान्छन, । चामल सकिएको एक महिना भयो, किन्नलाई पैशा छैन, गाउँले दिएको मटर र भटमास पकाएर छाक टारिरहेका छन् ।

गाउँमा चिसो बढेको छ, लगाउने तातो लुगा समेत छैन् । आमा बितेको ८ बर्ष भयो बुवा बितेको ९ बर्ष भयो । अरूले दिएको खान्छन, जग्गा जमिन छैन् यो सहयोग गरिएको खाद्यन्नले केही दिनका लागि भएपनि गुजरा चलाउन सहयोग गरेकोेले आफु खुसी भएको राजु कामीले बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार