धुलाचौरमा अस्थायी प्रहरी चौकी स्थापना

  मूलधार पोष्ट  251 पटक हेरिएको

बाजुरा- जिल्लाको हिमाली गाउपालिका वडा नं ६ को धुलाचौरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । शान्ति सुरक्षालाई थप मजबुत बनाउन र सुरक्षाको पहुचबाट टाढा रहेका नागरिकहरुलाई सुरक्षाको सेवा प्रबाह गर्नको लागी प्रहरी चौकी स्थापना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक उद्धवसिंह भाटले बताउनुभयो ।

सुरक्षाका लागि प्रहरी सहायक निरिक्षक दिलिपसिह महराको नेतृत्वमा ८ जनाको प्रहरीको टोली खटाईएको छ । गाउँपा प्रहरी चौकी स्थापन भएसँगै गाउँपालिका भित्र हुने आपराधिक क्रियाकलाप न्युनिकरण हुने बताउदै स्थानीय खुसी भएका छन् ।

हिमाली गाउँपालिका हरेक कुराले जोखिम क्षेत्र भएकाले सुरक्षाको कारण देखाउँदै बैंक शाखा गएको भएपनि नियमित काम हुन समेत अहिलेसम्म सकेको छैन् । सामान्य बाहेक ठुला बैङकीङ कारोबारको लागि बाजुराको कोल्टी बजार र सदमुकाम मार्तडीमै जानुपर्ने बाध्यता रहिआएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताउनुभयो ।

प्रहरी चौकी मङ्सिर २७ गते प्रहरी नाउब उपरिक्षक उद्धबसिंह भाटले उद्घाटन गर्नुभएको हो । धुलाचौर सदरमुकाम मार्तडीबाट हिमाली ३ दिनको पैदल दुरी रहेको छ, जहाँ सञ्चार सेवाबाट समेत बन्चित रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार