को बन्द नेपाल आइडल सिजन २ को बिजेता फोटोमा गएर कमेन्ट कमेन्ट दिनुहोस्

  मूलधार पोष्ट  498 पटक हेरिएको

काठमाडाैं- नेपाल आइडलको दोस्रो संस्करण टप ४’ काे समिकरण सकिएकाे छ । टप ४’ मा पाेखराका बिक्रम बराल, कंचनपुरका रवि अाेड, झापाका अस्मिता अधिकारी र सुमित पाठक पुगेका छन । यसपटककाे फिनाले टप ४ मै हुने भएकाले पनि नेपाल अाइडल काे बन्छ भन्ने चर्चा र बहस चल्न थालेकाे छ । केहि दिन अघिमात्र ‘टप ४’ मा पुगेका सबै प्रतिस्पर्धी अाफ्नाे ग्रृहनगरमा पुगेर समर्थकलाइ भेटघाट तथा सात्क्षात्कार गरेर काठमांडाै फर्किएका छन ।

त्यस्तै टप ४ मा मा पुग्न सफल चारै जनाकाे नेपाल अाइडल बन्ने चर्चा समेत चल्न थालेकाे छ । टप ४ मा पुगेका सबै प्रतिस्पर्धीका समर्थकले अा अाफ्नाे मन पर्ने प्रतिस्पर्धी नेपाल अाइडल बन्ने दावि गरे पनि जनताकाे मतकाे अाधारमा कस्ले काजी मार्छ भनने कुरा चाँसाेकाे बिषयमा रहेकाे छ । टप ४ मा पुगेका सबै प्रतिस्पर्धीले विभिन्न समयमा उत्कृष्ट प्रस्तुति दिदै सबैकाे मन जित्न सफल भएका छन ।

आइडलको ‘टप ४’ मा पुगेसंगै र फिनाले नजिकिएसंगै सबै प्रतिस्पर्धीमा समेत नेपाल अाइडलकाे अन्तिम प्रस्तुति राम्राे गरेर सबैकाे मन जित्ने याेजना बनिरहेकाे छ भने अाफ्ना शुचचिन्तक र समर्थकहरूसंग निरन्तर भाेटका लागि अपिल गर्ने क्रम समेत चलिरहेकाे छ।

पहिलाे नेपाल अाइडल पाएकाे पाेखरा फेरि गायनका जादुगर बिक्रम बराललाइ नेपाल अाइडल अपेक्षामा छ भने झापाका समर्थकहरू सुमित पाठक र अस्मिता अधिकारीमध्ये एकले नेपाल अाइडल बन्ने अाशामा रहनेछन । यता सुदूरपस्चिमकाे कंचनपुरका रविलाइ समेत उनका समर्थक नेपाल अाइडल बनेकाे हेर्ने चाहानामा छन । तर देश बिदेशमा बस्ने दर्शक स्राेताकाे भाेट पाएर नेपाल अाइडल काे बन्छ हेर्न बाँकि नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार