लोकसेवा आयोगको १४ हजार पदमा विज्ञापन गर्ने यस्तो छ तयारी

  पत्रपत्रिकाट  812 पटक हेरिएको

काठमाडाैं- नेपाल सरकारले कर्मचारी समायोजन लगत्तै कम्तीमा १४ हजार पदमा लोक सेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनमा फास्ट ट्रयाक मार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो।

यो विशेष कार्ययोजना अन्तर्गत सरकाले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन तिनै तहमा पदअनुसार रिक्त दरबन्दीको प्रक्षेपण गर्नेछ। माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पु¤याएको  छ।

सो कार्ययोजना अनुसार प्रशासन, स्वास्थ्य इन्जिपनयरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिवसम्म नै लोकसेवा खुल्ने निश्चित भएको खबर  आजको राजधानी दैनिकमा छ ।

त्यस्तै लोक सेवा आयोगले मङ्सिर २६ गते बुधबार विज्ञापन गरेको छ । संघमा रहने खालका सेवाका सबैतहका विज्ञापन बुधवार प्रकाशित गरेको छ ।  लोक सेवाले तीनवटै सेवाबाट गरी अधिकृत, उपसचिव र सहसचिवका लागि करीब ३ सयको संख्यामा विज्ञापन खुलेको छ ।

न्याय सेवा (न्याय समूह, कानून समूह र सरकारी वकिल समूह), लेखा परीक्षण सेवा र व्यवस्थापीका संसद सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिवको तीनै तहको विज्ञापन आह्वान गरेको लोक सेवा आयोगकाले जनाएको छ । लोक सेवा आयोगले आफ्नो सुचनामा भनेक छ ।

निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाईन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ ।

राजपत्रांकित तृतीय श्रेणीका अप्राविधिक पदहरुको परीक्षा योजना तथा पाठ्यक्रम संशोधन गरी सोही अनुसार परीक्षा मिति कायम गरिएको छ । संशोधित पाठ्यक्रम आयोगको वेभ साइट www.psc.gov.np बाट प्राप्त गर्न सकिन्छ । पुरा विज्ञापन हेर्नको लागि तलको लिङ्कमा जानुहोला । सहसचिव, उपसचिव तथा शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन (आ.व. २०७५/२०७६) । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार