काँग्रेस नेताले गरे उत्कष्ठ काम

  मूलधार पोष्ट  251 पटक हेरिएको

अछामको रामनरोशन गाउँपालिका- ४ का बाटुलासेनका वडा अध्यक्ष केश बहादुर बटालाले आफुले पाउने सेवा सुविधा बाट मिर्गौला पिडित लाई सहयोग गरेका छन । उहाँले आप्नो तलव स्वरुप २० हजार रुपैयाँ मृर्घौला पिडीत लाईआर्थिक सहयोग गरेका हुन ।

रामारोशन गाउँपालिका वडा नम्वर ४ का मिर्गौला पिडीत तर्कराज उपाध्याय लाई सो रकम सहयोग स्वरुप एक कार्यक्रमका बिच उहाँका बुवा हंस राज उपाध्यायको हातमा हस्तान्तरण गर्नुभएको हो ।
मिर्गौला पिडित उपाध्याय बिगत २ बर्ष देखि मिर्गौलाका बिरामी हुनुहुन्छ । उनको आर्थिक र पारिवारिक अवस्था निकै कम्जोर रहेको छ । आर्थिक अभाव संग जुधिरहेका उपाध्यय लामो समय सम्म आर्थिक नुहदा आप्नो रोग दबायर बस्न बाध्य छन ।

रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष केश बहादुर बटालले आफुले सधै दुखि असाय गरिब र विपन्न वर्गका लागि सधै सहयोग गर्दै आएको र आगामि दिनमा पनि यस्तै सहयोग गर्ने बताउनु भएको छ ।

उहाँले वडाको समग्र बिकास निर्माको लागी आफु सधैँ तयार रहेको भन्दै सबै वडा बासिहरु लाई सहयोग गरीदिनको लागी पनि अपिल गर्नुभएको छ । शिक्षा,स्वास्थ्य, खानेपानि,बाटोघाटो, सडक आप्नो वडामा पुगाएर सम्पुर्ण हिसाबले किास गर्ने प्रतिबद्धता जानउनुभएको छ । यस अघि वडाका विभिन्न सामाजिक कार्यमा रचनात्मक काम र सकरात्मक कामहरु गरेको गाउँपालिकाले वडा अध्यक्ष बटाला र वडा लाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार