प्रधानमन्त्री महिन्दाद्धारा पदबाट राजीनामा

  एजन्सी  273 पटक हेरिएको

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षले नियुक्त भएको सात हप्तापछि पदबाट राजीनामा दिनुभएको छ । आफ्नो निवासमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति समेत रहनुभएका राजापाक्षले राजीनामापत्रमा हस्ताक्षर गर्नुभएको छ । राजापाक्षका छोरा नमालले देशमा स्थिरता होओस् भनेर आफ्ना बुवाले राजीनामा दिएको अन्तराष्ट्रि सञ्चारमाध्यलाई जनाएका छन् ।

राजापाक्षको राजीनामाले श्रीलङ्कामा देखिएको करिब दुई महिनादेखिको सत्ता सङ्घर्ष अन्त्य गराउने अपेक्षा गरिएको छ । गत अक्टोबरमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमसिङलाई बर्खास्त गर्दै राजापाक्षलाई नियुक्त गर्नुभएको थियो ।

यसअघि बिहीवार सर्वोच्च अदालतले संसद् भङ्ग गर्दै समय अगावै चुनावको आह्वान गर्ने राष्ट्रपति सिरिसेनाको कदम गैरकानूनी भएको ठहर गरेको थियो । बुधवार संसद्ले रनिल विक्रमसिङलाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएको थियो ।

त्यस्तै  प्रविधिको विकास भए पनी जुम्लामा पछिल्लो समयमा कम्प्युटरको आधारभूत तहको कक्षा सिक्नेहरुको संख्या झन् घट्दै गएको छ । जिल्लामा संचालन भईरहेको कम्प्युटर सेन्टरहरुमा आधारभूत कक्षा सिक्नेहरुको संख्या दिन प्रतिदिन घट्दै गएको पाइएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यो वर्षमा कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या घटदै जान थालेको जुम्ला बजारमा १० वर्ष देखी कम्प्युटर सेन्टर संचालन गर्दै आईरहनु भएका केशवराज न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार