पुजाको प्रसाद खाँदा १२ को मृत्यु

  मूलधार पोष्ट  225 पटक हेरिएको

समाचार एजेन्सी- दक्षिण भारतको कर्नाटक राज्यमा प्रसाद खाँदा १२ जनाको मृत्यु भएको छ भने ८० जना विरामी परेका छन् । उनिहरु मध्ये १२ जनाको अवस्था गम्भिर रहेकाले अस्पताल भर्ना गरिएको छ । कर्नाटकको चामराजनगर जिल्लामा रहेको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खानाले उनीहरुको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

विरामी परेकाहरुलाई स्थानीय मैसूरु र आनन फानन अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ । यसैबीचकर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका लागि सम्पूर्ण सवास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य विभागलाई निर्देशन दिनुभएको छ ।

त्यस्तै कालीगण्डकीले कटान गर्दै आएको पर्वतको वारीबेनी बजारको संरक्षण शुरु भएको छ । बर्षेनी नदीको कटानले जोखिममा रहेको वारीबेनीमा तटबन्ध निर्माण गरिने भएको हो । यसका लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।दिर्घकालिन रुपमा नदी नियन्त्रण गर्न बृहत गुरुयोजना तथा डिपिआर तयार पारी योजना अगाडि बढाउन पहल भइरहेको छ ।

तटबन्ध निर्माणले पर्वतका जनता, जमिन र अन्य भौतिक संरचना सुरक्षित हुने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको पहलमा बजेट बिनियोजन भएर तटबन्द निर्माण हुन थालेको स्थानीयले बताएका छन् ।

नदी छेकेर वसेको बस्तीमा वर्खामा भेल र बाढि पस्दै आएको छ । वारीबेनीका बासिन्दा तटबन्द नहँुदा जोखिममा रहेका छन् । करिव दुई सय घर टहरा वारीबेनीका बासिन्दा तटबन्द बन्ने खबरले खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार