लोक सेवा आयोगले खोल्यो ३ सय बढीको खुला दर्खास्त (विज्ञापन सहित)

  मूलधार पोष्ट  493 पटक हेरिएको

काठमाडाै‌- लोक सेवा आयोगले मङ्सिर २६ गते बुधबार विज्ञापन गरेको छ । संघमा रहने खालका सेवाका सबैतहका विज्ञापन बुधवार प्रकाशित गरेको छ ।  लोक सेवाले तीनवटै सेवाबाट गरी अधिकृत, उपसचिव र सहसचिवका लागि करीब ३ सयको संख्यामा विज्ञापन खुलेको छ ।

न्याय सेवा (न्याय समूह, कानून समूह र सरकारी वकिल समूह), लेखा परीक्षण सेवा र व्यवस्थापीका संसद सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिवको तीनै तहको विज्ञापन आह्वान गरेको लोक सेवा आयोगकाले जनाएको छ । लोक सेवा आयोगले आफ्नो सुचनामा भनेक छ ।

निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाईन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ ।

राजपत्रांकित तृतीय श्रेणीका अप्राविधिक पदहरुको परीक्षा योजना तथा पाठ्यक्रम संशोधन गरी सोही अनुसार परीक्षा मिति कायम गरिएको छ । संशोधित पाठ्यक्रम आयोगको वेभ साइट www.psc.gov.np बाट प्राप्त गर्न सकिन्छ । पुरा विज्ञापन हेर्नको लागि तलको लिङ्कमा जानुहोला । सहसचिव, उपसचिव तथा शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन (आ.व. २०७५/२०७६) । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार