दुप्चेश्वरमा भएको मिनिट्रक दुर्घटनामा १८ को मृत्युभएको पुष्टी, पुरा विवरण सहित

  मूलधार पोष्ट  250 पटक हेरिएको

नुवाकोट- शुक्रबार बेलुका ६ बजेतिर भएको मिनि ट्रक दुर्घटनामा मृत्यु हुनेको सख्या १८ भएको पुष्टी भएको छ ।  नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।शिखरबेंसीबाट दुप्चेश्वर गाँउपालिकाको सिसिपु जाँदै गरेको बा. ३ ३९१३ नम्बरको मिटी ट्रक दुर्घटना भएको हो ।

घटनास्थलबाट स्थानीय र प्रहरीले १८ वटा शव निकालेको र १७ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

मृतकमध्ये १५ जना पुरुष र ३ जना महिला छन् ।शिखरबेंसीमा तामाङ समुदायको घेवामा सहभागी भएर फर्किंदै गरेकाहरु चढेको मिनी ट्रक कच्ची सडकबाट ३ सय मिटर तल खोलामा खसेको जनाइएको छ । घटनास्थल सदरमुकाम विदुरबाट ३ घण्टाको पैदल दूरीमा पर्दछ । यस अघी ३० जनाको मृत्यु हुन गएकोमा मूलधार  पोष्ट परिवार क्षमा चाहान्छाै‌ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार