ब्रकिङ – सवारी दुर्घटना हुदा १६ को मृत्यु थप विवरण आउन बाकी

  मूलधार पोष्ट  231 पटक हेरिएको

नुवाकोट-  मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । आज दिउँसो नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । नुवाकोटबाट शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिनुभएको छ ।

घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी स्वास्थ्य संस्थामा पठाएको छ  भने थप उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने प्रहरी नायब उपरिक्षक  भीमलाल भट्टराईले जानकारी दिनुभएको छ ।

दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार