बम विष्फोटमा परी बिनोद चाैधरीको मृत्यु

  मूलधार सम्वादाता  1651 पटक हेरिएको

दाङ –  दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको ज्यान गएको छ ।
म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार नचिनेका मानिसको समूहले गराएको विस्फोटमा आठजना घाइते भएका थिए ।

यो पनि पढ्नुहोस्

काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट एमालेका डा. राजन भट्टराई चुनावी मैदानमा छन् । युवामाझ लोकप्रिय नेता थापालाई भट्टराईले चुनौती दिइरहेका छन् । माओवादीको मत पनि पाउने विश्वासमा हुन सक्छ, भट्टराई बलियो आत्मविश्वासका साथ चुनावी प्रचारमा व्यस्त छन् । यसअघि जितेका थापा त विजयी हुनेमा ढुक्कजस्तै देखिन्छन् ।

०७० सालको निर्वाचनमा धेरै तटस्थ मत गगन थापाले पाए । तर स्थानीय निर्वाचनमा आइपुग्दा उक्त क्षेत्रको चुनावी गणित पूरै बदलियो ।एमालेका भट्टराई एमाले उम्मेदवार भएकाले यसपल्ट तटस्थ मत पनि बाँडिने पक्का छ । काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् ।

यो क्षेत्रमा ०७० को चुनावमा कांग्रेसका युवा नेता थापा भारी मतअन्तरले विजयी भएका थिए । थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका निर्मल कुईंकेल ९ हजार १३५ र माओवादीका नन्दबहादुर पुनले ६ हजार ४६२ मत ल्याएका थिए । गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने वडाको नतिजा अनुसार कांग्रेसले महानगरको वडा नं ८ र ३० बाहेक अरु जित्न सकेन ।

यो क्षेत्रमा अहिले एमाले–माओवादी गठबन्धनको पक्षमा २१ हजार १४८ मत छ भने कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ३४५ मत छ । यो क्षेत्रबाट विवेकशील–साझा पार्टीले २६ वर्षकी सुबुना बस्नेतलाई अघि सारेका कारण कति स्वतन्त्र भोट उनले तान्न सक्छिन् भन्ने तथ्यले हार जित निक्र्योल गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार