अव भारतीय नोट नेपालमा नचल्ने

  पत्रपत्रिकाट  1225 पटक हेरिएको

नेपालमा अब १ सय भारतीय रुपैयाँ मात्र चल्ने भएको छ । २ सय, ५ सय र २ हजार का भारती नोट चलाउन भारतले प्रतिबन्ध लगाएपछि नेपाल सरकारले भारतीय १ सय रुपैयाँका भन्दा अन्य नोट नराख्न र नबोक्न आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले भारतीय २ सय  ५ सय  र २ हजारको नोटहरू चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको बिहीवार आयोजित  पत्रकार सम्मेलनमा  बताउनुभएको छ । यसअघि नेपाली बजारमा २ सय र ५ सयका नोटको कारोबार हुन्थ्यो।

त्यस्तै सरकारले साना किसानहरूले साझा सहकारी संस्थामार्फत लिएको ऋण पनी मिनाहा गरिदिएको छ। यसबाट करिब ७ हजार किसान लाभान्वित भएका छन्। त्यस्तो रकम सावाँ मात्र ३९ करोड ३९ लाख थियो। ब्याज करिब एक अर्ब रुपैयाँ छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा यवस्था गर्न बनेको अध्यादेशलाई परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ।

नेपाल कपडा उद्योग सङ्घले उठाएका मागबारे राय सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ। खानेपानी सम्बन्धी सङ्घीय आयोजनाका काम समयमै सम्पन्न गर्न १ सय ६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार