फेरी काठमाडाैंमा भूकम्प

  मूलधार सम्वादाता  346 पटक हेरिएको

काठमाडाैं-  काठमाडौँमा राति १० बजेर ३९ मिनट जादा भूकम्पको कडा धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र बिन्दु काठमाडौँ रहेको र उत्त भूकम्प ३.२ रेक्टर स्केलको रहेको बिगुल न्यूजलाई बताएको छ ।

२०७२ साल बैशाख १२ गतेकाे बिनासकारी गाेरखा भूकम्पपछि पनि थुप्रै सानाठूला भूकम्पका धक्का गएका छन् । केन्द्र बिन्दु काठमाडौँ नै भएकोले भूकम्प सानो भए पनि धक्का कडा महसुस भएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४ रेक्टर भन्दा माथिका मात्र पराकम्प ४ सय ७० पटक भन्दा धेरै गएकाे छ ।

त्यस्तै मध्यपश्चिम तथा सुदुर पश्चिमका जिल्लाहरूलार्इ केन्द्र बनाएर पटक पटक सानासाना भूकम्पहरू गएका छन् । नेपाल भूकम्पीय दृष्टिले उच्च् जाेखिममा रहेकाे बिज्ञहरूकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार