नासाको नयाँ खोज क्षुद्रग्रह बेनुमा पानीको संकेत

  मूलधार पोष्ट  281 पटक हेरिएको

समाचार एजेन्सी – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यानले क्षुद्रग्रह बेनुमा पानीको संकेत मिलेको छ । सन् २०१६ को सेप्टेम्बरमा नासाद्वारा ओरिजन्स स्पेक्ट्रल इन्टरप्रिटेशन रिसोर्स आइडेन्टीफिकेशन सेक्युरिटी रिगोलिथ एक्सप्लोरर मिशन अन्तरगत क्षुद्र ग्रह बेनुमा नमुृना संकलनको निम्ती उक्त यान पठाइएको थियो ।

अन्तरिक्षयानमा जडित दुई स्पेक्ट्रोमिटरबाट प्राप्त डाटा अनुसार अक्सीजन र हाइड्रोजन परमाणु एक साथ मिलेको पाइएको छ । यस्तो हाइड्रोक्सिल समुह क्षुद्रग्रह बेनुमा पानीको असर गरेको माटो र खनिजमा फेला परेको हो । जसको अर्थ कुनै बिन्दुमा बेनु ग्रहमा रहेको चट्टानको पानीसँग सम्पर्क भएको मानिदैं छ ।

नासाको बयानमा भनिएको छ, बेनु ग्रहमा पानीको उपस्थितीको संकेत सानो मानिन्छ तर यस खोजले कुनै समय बेनुमा पानी रहेको पुष्टि गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार