जिर्ण बन्दै चैनपुरको भोपुर दरबार

  मूलधार पोष्ट  539 पटक हेरिएको

बझाङ-जिल्लामा रहेको तत्कालीन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । केही वर्षअघि प्रयोग गर्दै आएको नेपाली सेनाको टुकडी नयाँ भवनमा सरेपछि संरक्षण अभावमा भोपुर दरबार जीर्ण बनेको हो । नेपाली सेना बस्न छाडेपछि दरबारको कोठा, खोपी र बैठक कक्षको सिलिङको काठ खसिसकेको बताएको छ ।

ग्यालरी र बरण्डामा ठूला ठूला भ्वाङ परेका छन् । भित्ताहरु खुइलिएर दरबारको स्वरूप नै बिग्रिने अवस्थामा पुगेको छ भने झ्यालका काठ पनि कुहिन लागेको छ ।

विभिन्न ठाउँमा लगाएको गारो खसेको छ । बझाङको ऐतिहासिक धरोहर एवं पर्यटकीय स्थलको रूपमा रहेको भोपुर दरबार बेवारिसे बनेपछि स्थानीयले यसको संरक्षणप्रति चिन्ता व्यक्त गरेका छन् ।

त्यस्तै स्थानीय कला संस्कृति, पर्यटन र कृषि क्षेत्रको प्रर्वद्धनका लागी यस बर्ष पनि धनगढी उपमहानगरपालिको फुलवारीमा महोत्सव हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलवारी एच गाउँमा पुष ५ गतेदेखि १० गते सम्म महोत्सव हुने आयोजक न्यु वुद्ध युवा क्लबले जनाएको छ ।

महोत्सवमा स्थानीय कला संस्कृतिको जगेर्ना र कृषि सामग्रीको प्रदर्शनसँगै राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने क्लबका अध्यक्ष महेश गोलेले बताए । उनले महोत्सवमा एक सय भन्दा बढी स्टल राखिने छन् । १० दिनसम्म संञ्चालन हुने महोत्सवमा २५ देखि ३० लाख खर्च लाग्ने अध्यक्ष गोलेको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार