नेविसंघको ईकाई समिति गठन जारी

  मूलधार पोष्ट  327 पटक हेरिएको

बाजुरा- जिल्लाका विभिन्न विद्यालयहरुमा यतीबेला नेपाल विद्यार्थी संघ गठन भैरहेकोे छ । नेपाल विद्यार्थी संघको संगठन विस्तार गर्ने अभियान अन्तरगत अहिले सम्म जिल्लाका बडिमालीका नगरपालिमा उपाध्यक्ष जनक थापा र बडिमालीका क्याम्पसका स्ववीयु उपसभापती तपेश रावलको नेत्तृत्व, त्रिवेणी नगरपालिकामा सहसचिव खडक अएडी, र बुढीगंगा नगरपालिकाको बडिमालीका क्याम्पसका स्ववीयु सभापती दिल बहादुर थापा र उपाध्यक्ष डबल कटुवालको नेत्तृत्वमा गरी जम्मा जिल्लाका २१ ओटा विद्यालयमा संगठन विस्तार गरीएको छ ।

मंगलबार मात्रै जिल्लाका ८ वटा विद्यालयमा संगठन बिस्तार गरिएको नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष जनक थापाले जानकारी दिनुभएको छ । जसमा कैलाशेश्वरी मावि मनामा मान बहादुर साँउद अध्यक्ष रहने गरी २५ सदस्यीय, नेपाल राष्टिय मावि जडागांमा तपेन्द्र दानी अध्यक्ष रहने गरी ३३ सदस्यीय समिति गठन गरिएको बताइएको छ ।

त्यसैगरी त्रिवेणी नगरपालिकाको तोली मावीमा मिलन साँउदको अध्यक्षता रहने गरी ३३ सदस्यीय ईकाई समिती गठन गरिएको नेपाल विद्यार्थी सघको संगठन सहसचिव तथा त्रिवेणी संयोजक खडक बहादुर ऐडीले जानकारी दिनुभएको छ । संयोजक खडक बहादुर ऐडीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व विद्यार्थी नेता एवंम् नेपाली काँग्रेसका त्रिवेणी नगरपालिकाका सचिव सुरेन्द्र गिरी रहनुभएको थियो । करिब १ सय जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन नेपाल विद्यार्थी सघका सदस्य रमेश साँउदले गर्नुभएको हो ।

त्यसैगरी बुढीगंगा नगरपालिकाको त्रिशक्ती माध्यामिक विद्यालय कक्षा ११÷१२ अन्तरगत गौतम रावल अध्यक्ष रहने गरी १९ सदस्यीय, त्रिशक्ती माध्यामिक विद्यालयमा अनुस्का रावल अध्यक्ष रहने गरी २६ सदस्यीय, सिगाडा माविमा दीपक साँउद अध्यक्ष रहने गरी २६ सदस्यीय ईकाई समिति गठन गरिएको छ ।

बुढीगंगा नगरपालिकाकै शारदा मावि बाह्रबिसमा किरण केसी बुढीगंगा अध्यक्ष रहने गरी ३६ सदस्यीय समिति गठन गरिएको वडिमालीका क्याम्पसका स्ववीयु सभापती दिल बहादुर थापाले जानकारी दिनुभएको छ । जिल्लाका विभिन्न विद्यालयमा ईकाई समिति गठनसंगै लामो समयसम्म नेत्तृतव बिहिन रहेको नेपाल विद्यार्थी संघ बाजुराको अधिवेशनको चर्चा परिचर्चा समेत हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार