कस्तो अच्चम यी मान्छेले बाघले जस्तै ६४ बोका काटे

  पत्रपत्रिकाट  306 पटक हेरिएको

डोटी-डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटा सम्म बोका काट्ने परम्परा बिद्यमान छ । सुन्दा अचम्म लाग्न सक्छ  त्यसलाई स्थानियले दैवी शक्ति र परम्पराका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जंगली जनावर, भुत प्रेत, बाढी पहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका ६ गीरीचौकामा जिउँदा ६४ ओटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ । आङमा देउता चढेको भन्दै एक जना झाँक्रिले ६४ वटा सम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिले सम्म कायमै रहेको छ । यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ ।

झाँक्रिले बली चढाएको बोका आफ्नो दाँतले टोक्दै दुई टुक्रा बनाउने गर्छन यसलाई त्यहाँका स्थानीयले दैवीय शक्तिका रुपमा निरन्तरता दिई आएको स्थानिय दिपक खड्काले बताउनु भयो ।बाघकै शैलीमा दाँतले बोका काट्दा पहिलो बोका स्वयं देउता काप्ने व्यक्तिले ल्याउँछन् । अन्य बोका गाउँका अन्य स्थानिय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन रहेको खबर आजको नेपाल समाचारपत्रमा  खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार