सधैका लागि विदा भए देशको रक्षा गर्न हिडेका रामबहादुर ! हार्दिक श्रदानजली

  मूलधार सम्वादाता  436 पटक हेरिएको

विराटनगर-  बिना विभागीय मन्त्री एवं वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान निधन भएको छ ।

नेपाली सेनाका जम्दार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । पुर्खौली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए । मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरको अवस्थामा राति अचानक असहज महसुस गरेपछि उनलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

उपचारका लागि नर्सिङ होम पुर्‍याउना साथ बिहान १:४५ बजे बुढालाई चिकित्सकले मृत घोषणा गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार