२५ र २६ प्रदेश २ मा सार्बजनिक बिदा

  मूलधार पोष्ट  254 पटक हेरिएको

जनकपुरधाम- जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीको अवसरमा मंसिर भोली अर्थात २५ मंलबार २६ गते बुधवार दुई दिन सार्वजनिक विदा हुने भएको छ । राम–सीता विवाहपञ्चमी महोत्सवमा स्थानीय सरकारले दुई दिन विदा दिन बिदा दिने निर्णय गरेकोे छ हो ।

उप–महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यतापूर्वक मनाउन भन्दै दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो । जसअनुसार मंसिर २५ र २६ गते जनकपुरधाम नगरभित्रको सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन बन्द हुनेछ ।

विवाहपञ्चमी महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गर्दै उपमहानगरपालिकाले श्रद्धालुभक्तजनको लागि बासस्थलको रुपमा विद्यालय उपलब्ध गराइदिन पनि आग्रह गरेको छ । साथै विद्यालयलाई आवश्यकता अनुसार आगन्तुक श्रद्धालु भक्तजनलाई बास उपलब्ध गराई विद्यालयको भवन प्रयोग गर्न दिन आग्रह समेत गरेका छन् ।

त्यस्तै अरुण संचार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित पूर्वी चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पणको अध्यक्षमा मेघनाथ पौडेल चयन हुनुभएको छ । रत्ननगरमा आज आयोजित रेडियोको आठौँ साधारणसभा तथा तेश्रो अधिवेशनबाट पौडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।नव गठित समितिको उपाध्यक्षमा यमन भुषाल,सचिव मोहदत्त पौडेल,कोषाध्यक्ष शिवराज दुवाडी चयन हुनु भएको छ । सदस्यहरुमा किशोर चालिशे,सुरेश भुषाल,महेश पाण्डे,धु्रबराज लामिछाने र सूर्यप्रसाद देवकोटा चयन हुनु भएको छ । संस्थाको लेखासमिति संयोजकमा रामचन्द्र देवकोटा र सदस्यमा सुमित्रा पौडेल तथा बासुदेव उपाध्याय निर्वाचित हुनुभएको छ ।

यसैबीचनेपालको तेश्रो पर्यटकीय नगरी सौराहामा आगामी पुस ११ गतेदेखि १५ आँै हात्ती महोत्सव हुने भएको छ। क्षेत्रीय होटल संघ सौराहाको आयोजना हुने महोत्सवमा हात्तीको वनभोज कार्यक्रम,हात्ती फास्ट वाक प्रतियोगिता,हात्तीका छावाहरुबीचको फुटवल प्रतियोगिता,हात्ती सुन्दरी प्रतियोगिता,हात्ती पोलो,हात्ती पेन्टिङ,कवि गोष्ठी र विविध सास्कृतिक कार्यक्रम हु्ने हात्ती महोत्सवका संयोजक सुमन घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार