बेसहारा रामबहादुर सार्कीलाई कन्सनको जिम्मा

  मूलधार पोष्ट  292 पटक हेरिएको

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिका– ६ का एक बेसहारा बालकलाई बुढीगंगा नगरपालिकामा रहेको अनाथलय कन्सन बाजुराको जिम्मा लगाएको छ । पुर्र्व सभासद पेम्वा गुरुङ भोटेले आफुले अभिभावकत्व ग्रहण गर्दै १३ बर्षिय अनाथ रामबहादुर सार्र्कीलाई कन्सन बाजुरालाई पालन पोषण जिम्मा लगाइएको छ ।

पूर्व उत्तरीक्षेत्रको बुढीनन्दा नगरपालिकाको दानसाँगु बजारमा गत सोमवार १३ बर्षका बालक सार्कीलाई बिजुलीको पाइप भित्र सुतीरहेको अस्थामा फेला पारे पछि त्यहाँका स्थानियले सञ्चारकर्मीलाई खवर गरेका थिए .। पत्रकार महेश कुमार कार्कीले उक्त बालक त्यसरी बसेको देखे पछि उनलाई बस्न र पढाउनका लागि सहयोग गर्न भन्दै सामाजिक सञ्चाल मार्फत सबैलाई जानकारी गराएपछि कन्सन बाजुराले जिम्मा लिएको पत्रकार महेश कार्कीले बताउनुभएको छ ।

बेसहारा बनेका सार्कीका बुवा विगत ९ बर्ष पहिले भारतमा मजदुरी गर्दै गर्दा क्षेरोगाका कारण मृत्यु भएको र पछि आममाले समेत अर्कैसंग बिहे गरेर गएपछि नाबालक सार्की बेसाहारा बनेका हुन । बेसहारा सार्कीलाई अहिले कन्सन बाजुरा नामक सस्थाले सबै खर्चको व्यावस्था गर्न संस्थाका सस्थापक गणेश थापाले बताउनुभएको छ ।

असाय बालक सार्कीको आइतबार पूर्ब सभासत पेम्बागुरुङ भोटे अभिभावक भएर नेकपाका नेता जनक कुमार बोहोराले हस्तान्तरण गर्नुभएको हो । अहिले बेसहारा सार्की बुढीगंगा नगरपालिका मा रहेको कन्सन बाजुरासंगै रहेको बसन्त बालमैत्री आधारभुत विद्यालयमा कक्षा १ मा भर्ना समेत गरिएको विद्यालयका प्रअ बहादुर थापाले जानकारी दिनुभएको छ ।  पूर्व सभासद पेम्बा गुरुङ भोटेले कन्सन बाजुराको लागि बार्षिक २० हजार व्यक्तिगत सहयोग गर्ने समेत उद्घोष गर्नुभएको छ । अहिले कन्सन बाजुरामा रामबहादुर सार्की लगाएत १४ जना अनाथ बालबालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार