खानेपानी मन्त्री बिना मगरले गरिन कुखुराका चल्ला वितरण

  हरिश चन्द्र बाग  368 पटक हेरिएको

कञ्चनपुर-नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा रहेका विभिन्न महिला समुहहरुलाई कुखुराका चल्ला वितरण गर्नु भएको छ । कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा रहेका १ सय २० वटा महिला समुहलाई १२ हजार कुखुराका चल्ला वितरण गरिएको हो ।

प्रज्ञा स्मृति प्रतिष्ठानले बेलौरी उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बिना मगरले प्रगतिशील महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कुखुराका चल्ला वितरण गरिएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई आत्मनिर्भर बनाइ आयआर्जनमा जोड दिन सबै लाग्नु पर्ने बताउनु भयो ।

उहाँले सामुहिक रूपमा महिलाहरुलाई सशक्त बनाइ परनिर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गर्नु पर्नेमा जोड दिनुभयो । महिलाहरुलाई सीप सिकाइ आयआर्जनमा लगाउन सके देशको समृद्धिमा समेत योगदान पुग्ने मन्त्री बिना मगरले बताउनु भयो । कुखुराका चल्ला प्राप्त गरिसके पछि महिला समुहका प्रतिनिधिहरूले सामुहिक रूपमा कुखुरापालन गरी समुहमा आबद्ध सदस्यहरूलाई आत्मनिर्भर बनाउन केन्द्रित हुने बताएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार