थुमा माविलार्इ ४० थान डेक्स बेञ्च सहयोग

  मूलधार पोष्ट  222 पटक हेरिएको

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिका वडा नं -५ मा रहेको थुमा माविलाई डेक्स बेञ्च सहयोग गरिएको छ । गुड नवर्स र पीसविनको सहयोगमा ४० थान डेक्स बेञ्च सहयोग गरिएको हो । विद्यालयमा अगुप रहेका र विद्यार्थीका लागि तत्काल आवश्यक डेक्स बेञ्च सहयोग गरिएको पीसविन सामुदायिक विकास परियोजना अधिकृत टेकबहादुर थापाले बताए।

डेक्स बेञ्च परियोजना व्यवस्थापन समिति सदस्य रामचन्द्र जैशीले विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर खातीलाई हस्तान्त्रण गरेको पीसविन जनस्वास्थ्य सहायक चित्रराज जोशीले जानकारी दिएका छन्।

विद्यार्थीको बसाई व्यवस्थान र भुईमा बस्नु पर्ने बाध्यता हटाउन सहयोगबाट धेरै राहत मिलेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर खातीले बताए । बस्नको लागि निकै समस्या हुने, भौतिक संरचना अभाव झेलिरहनु पर्ने समस्या हट्दा शैक्षिक गुणस्तर सुधारमा पनि सहयोग पुग्ने प्रअ खातीको विश्वास छ ।

विद्यालय व्यावस्थापन समिती अध्यक्ष मोतिकला थापाले पनि विद्यालयको भौतिक सुधारका लागि गरिएको सहयोग प्रति धन्यवाद दिएकी छन्। वितरण कार्यक्रममा शिक्षक, विद्यार्थी, विव्यस सहीत अभिभावकको पनि सहभागिता रहेको थियो । थुमा माविमा हाल ४ सय २० जना विद्यार्थी अध्ययनरत रहेका छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार