हिंसा रोक्न देउडा गीत मार्फत आग्रह

  मूलधार पोष्ट  577 पटक हेरिएको

बाजुरा-महिलाहरुले हिंसा रोक्न देउडा गीत मार्फत आग्रह गरेका छन् । रेडियो बाजुरा र जिल्ला महिला अधिकार मञ्चको सयुक्त आयोजनामा सञ्चालित लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा महिलाहरुले घरघरबाट हिंसाका गतिविधि रोकिनु पर्ने र महिलाहरु जागरुप हुनु पर्ने गीत मार्फत सन्देश दिएका छन् ।

सहभागी रायो पोषण समूह, समाज सुधार महिला समूह, ओखल ढुंगा महिला समूह, नवदुर्गा महिला समूह, रानीवन स्वास्थ्य आमा समूह, घटाल आमा समूह, गौरी बजार आमा समूह, एकता साना किसान सहकारी, गौरी शंकर महिला समूह, तुलसी पोषण आमा समूह, महिला कृषि आमा समूहले गीत मार्फ नारीका वेदना र पुरुषवादी समाजले गर्ने दमनका पीडाहरु पोखेका छन् ।

कार्यक्रममा सहभागि १२ वटै टिमलाई सान्त्वना स्वरुप पुरस्कार दिईएको रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले बताएका छन् । कार्यक्रममा उत्साह पूर्वक सहभागि जनाउने र गीत मार्फत नै सन्देश प्रवाह गर्ने टिमहरुले आफूहरुले बुहारीलाई कुनै प्रकारको हिंसा नगर्ने बताएका छन् । सोही कार्यक्रममा आयोजक महिला अधिकार मञ्चका तर्फबाट पनि महिलाहरुले सन्देश मुलक देउडा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सिर्जनात्मक हाजिरी जवाफ पनि सञ्चालन गरिएको थियो । महिला हिंसा, बाल विवाह, छाउ कुप्रथा लगायतका अपराध विरुद्धका ऐन कानुनसँग सम्बन्धीत विषयमा रहेर हाजिरी जवाफ गरिएको हो ।
कार्यक्रममा चार टिम सहभागि भएका थिए । सहभागि मध्येबाट तुलसी पोषण आमा समूह प्रथम, मालिका मावि द्धितीय, कन्भर्स ऐकेडेमी तृतीय र क्रियटर जोन ऐकेडेमी सान्त्वना स्थान ल्याउन सफल भएका छन् । सोधीएका ४० वटा प्रश्न मध्ये चारटिमले १२ वटा प्रश्नको उत्तर मात्र मिलाएका थिए ।

नयाँ विषय र फरक खालको हाजिरी जवाफ भएकोले कमै मात्र मिलाएको हुन सक्ने अधिवक्ता हर्क खडायतले बताएका छन् । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान भएकोले ऐन कानुको बारे जानकारी गराउनकै लागि उक्त प्रश्नहरु निर्माण गरिएको थियो । हाजिरी जवाफको सहजिकरण अधिवक्ता हर्क खडायतले नै गर्नु भएको हो ।

भव्य सहभागिहरुको बीच सडक नाटक पनि प्रर्दशन गरिएको छ । नाटकका माध्यममा बाट सन्देश प्रवाह गर्न सडक नाटक प्रर्दशन गरिएको हो । रेडियो बाजुरा र सुदूर साहित्य प्रतिष्ठानसँग आवद्ध कलाकारहरुको टिमले सडक नाटक प्रर्दशन गरेका हुन् । बाल विवाह, बहुविवाह, सासु बुहारीको बीच हुने आपसी द्धन्द्ध र स्थानीय तहका जनप्रतिनिधिको न्याय सम्पादन तथा मदिरा व्यवस्थापनको भूमिका बारे नाटकको माध्यमबाट सन्देश प्रवाह गरिएको थियो ।

नाटकमा विनोद कुमार विक, पदम रावल, कल्पना विक, रचना खड्का, नरेन्द्र विक, गोपाल विक, करिष्मा धामी लगायतका कलाकारहरुले नाटकमा विभिन्न पात्रको भूमिका निर्वाह गरेका थिए । भव्य उपस्थितिका बीच नाटक प्रर्दशन हुँदा दर्शकहरुले रोचक र रमाइलोका साथ हेरेका थिए । कार्यक्रममा तुलसी थापाले सन्देश मुलक ठाडी भाका गाउनु भएको थियो ।

कार्यक्रममा उपस्थिति सबैजसोले हिंसा नगर्ने र नगर्न भूमिका खेल्ने भन्दै हस्ताक्षर गरेका थिए । प्रमुख अतिथिबाटै हस्ताक्षर गराएर सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा तत्कालिन सदस्य पेम्बा गुरुग भोटे, बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्ट सहीतका सय बढीले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार