सरसफाइ अवस्था बारे अनुगमन गर्ने

  मूलधार पोष्ट  258 पटक हेरिएको

बाजुुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिका –४ ले वडाको सरसफाई अवस्था बारे अनुगमन गर्ने भएको छ । गुडनेवर्श इन्टरनेशनलको आर्थिक सहयोगगमा पीसविन बाजुराद्धारा वडा स्तरिय सरसफार्इ तथा स्वच्छता समन्वय समितीलार्इ एक दिने सरसफार्इ तथा स्वच्छता सम्बन्धि अभिमुखीकरण पछि खुला दिंसा मुक्त घोषणा भईसकेका बस्तीहरुको सरसफाई अवस्था, शौचालय प्रयोग दर बारे जानकारी लिन उत्त समितीले अनुगमन गर्ने भएको हो ।

वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकले मंसिर २५ गतेदेखि प्रत्येक टोल र बस्तीमा पुगेर अनुगमन गर्ने निर्णय गरेको हो । शौचालय जिर्ण बन्दै गएको, नियमित प्रयोग नगरिएको र खुला दिसा देखिन थालेको गुनासो बढ्न थालेपछि वडाले सक्रियता देखाउन थालेको वडा अध्यक्ष हर्क रावतले बताउनुभएको छ ।

समितिले शौचालय प्रयोग नगर्ने, भत्केको शौचालय पुनः निर्माण नगर्ने र पूर्ण सरसफाइका गतिविधिमा सहयोग नगर्ने जो कोहीलाई वडाले दिने सेवाबाट वञ्चित गर्ने निर्णय गरेको छ ।

अनुगमनकै अवसरपारी टोल तथा बस्तीमा टोल सुधार समिति गठन गर्ने, सरसफाई तथा विकास निर्माण बारे समीक्षा गर्ने तयारी गरिएको वडा अध्यक्ष रावतले बताउनुभयो । जिल्लामा पछिल्लो समय पूर्ण सरसफाइका गतिविधि सेलाउँदै गएका छन् । स्थानीय तह त्यस तर्फ कम लागेको देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार