नेपालको संविधान विश्वकै उत्कृष्ट र महिला मैत्री : भोटे

  मूलधार पोष्ट  390 पटक हेरिएको

बाजुरा-संविधान सभा तत्कालिन सदस्य पेम्बा गुरु भोटेले नेपालको संविधान २०७२ विश्वकै उत्कृष्ट र महिला मैत्री भएको बताएका छन् । रेडियो बाजुरा र जिल्ला महिला अधिकार मञ्चको सयुक्त आयोजनामा सञ्चालित लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमलाई संवोधन गर्दै महिलालाई राज्यको सर्वोच्च तहमा पुग्ने सजिलो माध्यम सहीतको संविधान बनेको बताएका छन् ।

संवैधानिक रुपमा अधिकार प्राप्त गरिसकेकोले कार्यान्वयनलाई तिब्रता दिन सके महिलाले हाल सहनु परेका सबै समस्या हल हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भोटेले फरक प्रसंगमा मार्तडी कोल्टी सडकको स्तरोन्तती गर्नमा राजनीति नगर्न अपिल गर्दै जनताको मतलाई सम्मान गर्न आग्रह गर्नु भएको छ ।  कार्यक्रममा बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले हिंसा अन्त्यका लागि महिलाहरु आर्थिक रुपमा शसक्त र बलियो हुनु पर्ने बताएका छन्।

आर्थिक अधिकार प्राप्त गरेमात्र महिलाहरु हिंसाबाट मुक्त हुने भएकोले आयआर्जन र जीवीको पार्जनका गतिविधिमा संलग्न हुने खालका कार्यक्रम सञ्चालन गर्न नगरपालिका लागि रहेको बताउनु भएको छ । कार्यक्रममा नेकपाका प्रस्तावित अध्यक्ष भरत थापाले हिंसा नगर्ने सबैले संकल्प गरेर मात्र नभई घरबाटै सुरुवाद गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, अन्तरपार्टी महिला सञ्जालका कमल कुमारी शाह, पत्रकार महासंघका उपाध्यक्ष रमा रावल, महिला विकास मञ्चका कृष्णा दानी लगायतले मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार