युवालार्इ गाउमै दिने भनिएको रोजगार असफल

  मूलधार पोष्ट  340 पटक हेरिएको

अछाम- जिल्लाको मंगलसैन नगरपालिकाले आफ्नो लोकप्रियता कमाउनका लागि सात सय युवालाई गाउमै रोजगारी दिने भन्दै ल्याएको कार्यदल कार्यक्रम असफल भएको छ । मंगलसैन नगरपालिका भित्रकाका युवालाई स्थानीय तहमै काम दिएर उनीहरूलाई बिदेस पलायन हुन नदिनका लागि कार्यदलको अवधारण ल्याएको थियो । नगरपालिकाले ल्याएको कार्यदल मार्फत गर्ने बिकासको अवधारणा अन्ततः सफल पार्न नसकेको कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

गत असाढ १० गते सम्पन्न भएको दोस्रो नगरसभाले समेत अनुमोदन गरेको विकास कार्यदलमा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका मंगलसैन नगरपालिकाका ११ सय ३१ जनाले दर्खास्त दिएका थिए । कार्यदलका सदस्यहरूले भवन, बाटो, कुलो, पानीको मुहान मर्मत, सरसफाइ र अवरुद्ध सडक मर्मतलगायत पूर्वाधार निर्माणमा लाग्न उनीहरूलाई गाउमा परिचालन गरेपछि उपभोक्ता समिति, ठेक्कामार्फत गरिने काम र डोजरको प्रयोग पूर्ण रूपमा बन्द गरिने उद्येश्यले नगरपालिकाले युवा कार्यदलको अवधारण ल्याएको थियो ।

कार्यदल गठनको अवधारणा असफल भएपछि नगरपालिकाले अब पुरानै शैलिमा उपभोक्ता समिती मार्फत काम गर्ने जनाएको छ । कार्यदलमार्फत एउटा वडामा आवश्यकताका आधारमा २५ देखि ५० जनाको समूह बनाइने र उनीहरूलाई सुरुमा ६ महिनाका लागि करार नियुक्ति दिइने निर्णय नगरलालिकाले गरेको थियो ।

आफ्नै गाउठाउमा रोजगार पाईने भयो भन्दै भारत बाट सयौँ युवाहरु गाँउ फर्कीएका हुन । नगरपालिकाले झुठो लोकप्रियता कमाएको ३ महिनामै कार्यदलको अवधारण असफल भएको जानकारी पाएका युवाहरु फेरी भारत तर्फ जान थालेकाछन । नगर प्रमुख पदम बहादुर बोहराले नगरपालिका भित्र भएका प्रत्येक कार्यक्रम हरुमा कार्यदलको अवधारणा ल्याएका छौँ , यसलाई कार्यन्यवन गरेर गाउमै रोजगार दिने छौँ भन्दै झुठा आश्वासन जनतालाई दिएका थिए ।

दैनिक अनिवार्य ८ घण्टा काम लगाएर मासिक १२ हजार पारिश्रमिक दिने योजना सावैजनिक गर्दै नगरपालिकाले दरखास्त खुल्ला गरेपछि भारतबाट समेत दर्खास्त दिन आएका का युवा कार्यदल असफल भएपछि आक्रोशित बनेका हुन् ।

कार्यदलमा दर्खास्त दिनकै लागि धेरै युवाहरु भारत बाट पनि आए । कार्यदल मा छनौट हुन्छु भन्दै करीब ३/ ४ महिना कुर्दा समेत प्रक्रिया अघि बढेन प्रक्रिया अघि नबढेपछि दर्खास्त दिएका हरुले आफुहरुको दर्खास्त दिदा र आवत जावतमा खर्च भएको रकम नगरपालिकाले ब्यहोर्नुपर्ने भन्दै आक्रोशित बनेका छन ।

दर्खास्तबाट उठेको एक लाख १३ हजार राजश्व दर्खास्त दिएका हरुलाई भेला गरेर वडाअध्यक्ष मार्फत फिर्ता गरिने भएको छ । कार्यदल गठन गर्दा कर्मचारीहरुलाई तलवको आधारमा रोजगारी दिने निर्णय गरेको थियो । आफुले गरेको त्यो निर्णय अहिले आएर असफल बन्यो । ‘युवालाई कामको आधारमा पारिश्रमिक दिनु पर्ने सत्ता पक्षको भनाई छ भने तलब दिएर युवालाई रोजगारी नै दिनु पर्ने प्रतिपक्षको भनाई छ ।

प्रतिपक्षको भनाई अनुसार काम गर्न नसकिने अवस्था आएको भन्दै नगर प्रमुख बोहराले कार्यदलको अवधारणा असफल हुनुमा प्रतिपक्षको नै दोष रहेको आरोप लगाउदै आफु पञ्छीन खोजेकाछन । सत्ता पक्ष र प्रतिपक्ष नभनी कार्य्बिधिको बारेमा कामको आधारमा रोजगारी दिने की तलवको आधारमा दिने भन्ने बिषयमा गहन रुपमा छलफल भएको थियो ।

जनतालाई बिकास निमार्ण कार्यदल मार्पmत काम गर्दा तलवका आधारमा रोजगार दिने भनीसकेकोले तलवको आधारमा रोजगार दिनु पर्ने आफ्नो भनाई रहेको र यस कार्यमा राजनितीक आस्थाका कारण कुनै असहयोग नभएको मंगलसैन नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष प्रेम बहादुर रावलले बताउनु भयो । लोकप्रियता कमाउनका लागि यस्ता क्रियाकलाप हरु ल्याई सकेपछि कार्यन्वयन अनिवार्य रुपमा हुनुपर्दछ । मंगलसैन नगरपालिका जनतालाई बिश्वास घात गरीसकेछि आगामी दिनमा नगरपालिकाले ल्याएको अरु क्रियाकलापमा यस क्षेत्रका नागरिकले कसरी बिश्वास गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार