नेपाल आइडलमा टप ४ मा पुग्न सफल रबी जब धनगढीमा पुगेपछि तस्विर सहित

  मूलधार पोष्ट  358 पटक हेरिएको

कैलाली- नेपाल आइडल सिजन–२ को उत्कृष्ट चारमा पुग्न सफल रवि ओड शनिवार बिहान गृहनगर धनगढी पुगेका छन् । बुद्ध एयरको विमानमार्फत धनगढी एयरपोर्ट पुगेका ओडलाई समर्थकले विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।

साथै उनलाई धनगढीमा नगर परिक्रमा गराइएको छ । सो क्रममा उनका समर्थकले मोटरसाइकल र्‍यालीकाे समेत आयोजना गरेका थिए । फिनालेका लागि भोट माग्न आएका रविले तीनदिनसम्म विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछन् । शनिवार मात्रै उनले कैलालीको लम्कीमा चलिरहेको लम्की सास्कृतिक महोत्सवमा प्रस्तुति दिनेछन ।

उनको समर्थनमा सुदूरपश्चिमका विभिन्न जिल्लादेखि काठमाण्डौँ र विदेशमा समेत ‘रवि ओड जिताउ अभियान’ चलिरहेको छ । एयरपोर्टमा कुरा गर्दै रविले अहिलेसम्म दर्शक–श्रोताले दिएको साथका लागि धन्वयाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार