पद्धती बदलियो मानसिकता बदलिएन : उप प्रमुख भट्ट

  मूलधार पोष्ट  273 पटक हेरिएको

कैलाली- धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टले पद्धती वदलिएपनि मानसिकता नबदलिदा संघियता कार्यान्वयनमा समस्या आईरहेको बताएकी छन् । शुक्रवार संघिय ब्यबस्थामा स्थानीय तहको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सुझाव संकलन गर्ने बिज्ञटोलीहरु संगको छलफल कार्यक्रममा उपप्रमुख भट्टले यस्तो गुनासो गरेकीहुन ।

उनले भनिन् यसका लागि संघिय र प्रदेश तहमा बसेका र नितिनिर्माण गर्नेहरुले बुझ्नु आवश्यक रहेको छ । संघिय र प्रदेशका टुट्टै जनता हुदैनन् उपप्रमुख भट्टले भनिन्, जनता स्थानीयतहमा छन् सबैले तिनै जनताका लागि कामगर्ने हो ।

उनले स्थानीयतहमा भएका अधिकारहरु मौका पाएमा प्रदेश र संघ खोस्न तयार रहेको बताईन । उपप्रमुख भट्टले भनिन्, सबैले आफ्ना एकल र साझा अधिकारहरुको कार्यान्वय गरेमा समस्या नै छैन । स्थानीय तहलाई स्वास्थ्य सम्वन्धी निति बनाउने बजेट बिनीयोजन गर्ने अधिकार भएपनि कर्मचारीहरुको ब्यबस्थापनमा चुनौतीपूर्ण छ । नगर उपप्रमुख भट्टले भनिन्, मानसिकता हिजोको नै रहदा अहिले पनि स्वास्थ्य लगाएतका क्षेत्रमा चाहेको सुधार हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डाक्टर सुधा शर्माले संघिय संरचनामा स्वास्थ्य क्षेत्रलाई कसरी ब्यबस्थीत बनाउने भन्न ेबारे आफुहरुले सुझाव लिने काम गरिरहेको बताईन । उनले भनिन्, हिजो एउटा ब्यबस्था थियो अहिले फेरीएको छ । त्यसैले स्थानीयतहले आफै स्वास्थ्य क्षेत्रको ब्यबस्थापन गर्नुपर्ने हुन्छ । उनले यसै बिषयमा सुदूरपश्चिम प्रदेशमा कार्यशाला आयोजना गरेर सुझाव लिने बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार