सरकारी खर्चमा जनप्रतिनिधिहरुको मस्ती

  मूलधार पोष्ट  261 पटक हेरिएको

बझाङ- जिल्लाको खप्तड छान्ना गाउंपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सरकारी खर्चमा नेपालका बिभिन्न ठाँउमा भ्रमणको नाममा मस्ती गरीरहेको खप्तड छान्नाका स्थानियवासीहरुले आरोप लगाएका छन ।

जिल्लाको खप्तड छान्ना गाउंपालिकाका सवै वडाका अध्यक्ष,वडा सदस्य शिक्षक, डाक्टर र व्यापारी लगायतको टोली कृषी अवलोकनको नाममा काठमाडौंमा लगाएत देशका विभिन्न ठाउँमा मस्ति गरीरहेको खप्तडछान्ना गाँउपालीका स्थानियहरुले आरोप लगाएका हुन् ।

भ्रमण टोलीमा खप्तड छान्ना गाउंपालिकाका अध्यक्ष वर्क बहादुर रोकाया,उपाध्यक्ष लगायत खप्तड छान्ना गाँउपालीका वडा अध्यक्ष,सदस्य लगायतको समेत उपस्थिति रहेको छ । गाउँपालिकाको काम ठप्प पार्दै र्निधक्क भ्रमणमा जनप्रतिनिधि र सरकारी कर्मचारी जाँदा सेवाग्राही भने मर्कामा परेका छन ।

गाँउपालीकाले भ्रमणका लागि भने १० लाखदेखि १५ लाख रुपैयाँसम्म बजेट छुट्याएको खप्तडछान्ना गाउँपालिकाका स्थानिय माइकल क्षत्रीले बताएका छन् । तर खप्तड छान्ना गाँउपालीका अध्यक्ष बर्क रोकायाले आफुलगायत गाँउपालीकाको टोली देशका विभिन्न ठाउँमा अवलोकन गर्न आएको तर भ्रमणमा भनेजती खर्च भने नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार