५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गर्ने नेता जेल चलान

  पत्रपत्रिकाट  283 पटक हेरिएको

नुवाकाेटका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गर्ने नेपाल विद्यार्थी संघका दुर्इ नेतासहित तीन जना पूर्पपक्षका लागि कारागार चलान भएका छन । एक जना बालकलाई भने पूर्पक्षका लागि नेपालगन्ज सुधारगृह पठाईएकाे छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा सरकारी वकिल मार्फत मंगलबार अदालतमा मुद्दा दर्ता गरिएको थियाे ।

जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेकाे एकल इजलासले थुनछेक बहस सकिएपछि चारै जनालाई पूर्पक्षका लागि कारागार पठाउने अादेश दिएकाे श्रेस्तेदार शिवप्रसाद बञ्जाराले दैनिकीलाई जानकारी दिए ।

नुवाकाेट अादर्श बहुमुखी नेविसंघका पुर्व ईकाई अध्यक्ष बादलमान श्रेष्ठ र नुवाकाेट अादर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकाेटका जिल्ला सदस्य रविन थापा र लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेललाई जिल्ला कारागार चलान गरिएकाे छ भने सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्मालाई नेपालगन्जकाे सुधार गृह पठाईएकाे छ ।

चारै जनालार्इ मानव बेचबिखन तथा ओसारपसारकाे अभियोगको समेत लगाईएकाे नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले दैनिकीलाई जानकारी दिए । कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले बन्धक बनाएको अवस्थामा सुर्खेतबाट उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार