छोराले गरे बुवा र जेठाबुवाको हत्या (भिडियो सहित)

  मूलधार पोष्ट  279 पटक हेरिएको

कैलाली- लम्की–चुहा नगरपालिमा छोराले बुवा र ठुला बुवाको हत्या गरेका छन । लम्की–चुहा ४ बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

हत्या गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आमा द्धीलबहादी देवी चौधरी घाईते भएकी छन । उनको टाउको र बाँया कानमा चोट लागेको छ । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

श्रीमती माईत गएको र आफुलाई नसोधी किन माईत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कैलाली अर्को घटनामा जोशीपुर गाउँपालिकामा विद्यार्थीलाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता भएको छ। बर्दगोरीया गाउँपालिका वडा नम्बर ५ ठाकुरद्धारा गाउँका १३ वर्षिया बिद्यार्थी माथी जोशीपुर गाउँपालिका वडा नम्बर ७ भगतपुर गाउँका अन्दाजी ३२ वर्षका शिक्षक नारायण चौधरीले आफ्नै स्कुल कै विद्यार्थी माथी जर्बजस्ती करणीको मुद्दा दर्ता भएको छ ।

वडा नम्बर ६ बौनियामा रहेको रघुनाथ आर्दश माध्यमिक विद्यालयका विद्यार्थी मंसीर १८ गते बर्दिया राष्ट्रिय निकुञ्ज वनभोज गएर फर्किदा घर जाने क्रममा जर्वजस्ती करणी गरेको भन्दै मुद्धा दर्ता गरिएको हो । नाताले बाजे पर्ने शिक्षक नारायण चौधरीले वनभोजबाट फर्केकी विद्यार्थीलाई १८ गते राति ८ बजे घरसम्म छोड्ने भन्दै चौधरीले करणी गरेको आरोप लागेको छ ।

बालिकाले दोस्रो दिन विद्यालयमा आएर साथीलाई भनेपछि यो बिषय प्रहरीमा आएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिनु भयो । प्रहरी मुद्दा दर्ता भए पछि अहिले दुई जनालाई स्वास्थ्य परिक्षणको लागी सेति अन्चल अस्पताल धनगढी पठाईएको सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार