गायिका अन्जु पन्त समाज सेवामा (तस्विर सहित)

  मूलधार पोष्ट  293 पटक हेरिएको

गायिका अन्जु पन्त यतीबेला समाजसेवामा तल्लिन भएकी छन् । गायिका पन्तले पर्सा जिल्लामा न्यानो कपडा वितरण गरेकी छिन् भने  विरगञ्जमा विद्यालयका लागि आवश्यक शैक्षिक सामाग्री सहयोग गरेकी छन् । गायिकाले आफ्नै संस्था ‘अन्जु पन्त फाउन्डेसन’ बाट सामग्री वितरण गरेकी हुन् ।

डेढ बर्ष अघाडीबाट सञ्चालनमा आएको अञ्जुपन्त फाउन्डेसनले यतिबेला तराइका जिल्ला विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा गरिव, असाहे व्यक्तिहरुलाई सहयोग गरेकाे पन्तले जानकारी दिनुभयाे।

जस अन्तर्गत फाउन्डेसनले  वीरगन्ज समता स्कुलका १ सय वालवालिकालाई अध्ययनमा सहजहोस भन्ने उदेश्यले झोला, कापी, पेन्सील, इरेजर, चक्लेटलगायतका शैक्षिक सामाग्री सहयोग गरेकी हुन ।

साथै फाउन्डेसनले पर्सा जिल्लाको महुवन रामनगरीया स्थित अपांग आश्रमका २० अपांगभएकाहरुलाई न्योनो कपडा वितरण गरेको छ । अहिले निकै जाडोबढीरहेकाे बेला फाउन्डेसनले सके जति असहायहरुलाई न्यानो कपडा वितरण गरेको फाउन्डेसन सञ्चालक तथा गायिका अन्जु पन्तले जानकारी दिइन्। । केहि तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार