सामाजिक व्यवहार सञ्चार तालिम सञ्चालन

  मूलधार पोष्ट  295 पटक हेरिएको

बाजुरा-जिल्लाको गौमुल गाउँपालिकाले नयाँ भर्ना गरेका २९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मातृ, शिशु तथा बाल्यकालिन पोषण सुधारका लागि सामाजिक व्यवहार सञ्चार सम्बन्धि २ दिने समुदाय स्तरीय तालिम सम्पन्न भएको छ ।

सुआहारा दोस्रो कार्यक्रम बाट प्राविधिक सहयोगमा तालिम सञ्चाल गरिएको हो । गाउँपालिकाले स्थानीयको स्वास्थ्यको हेरचाहको लागि पहिलो स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका भएकाले पढेलेखेका र सक्रिय जनशक्ति जरुरी रहेको भन्दै बषौंदेखि काम गर्दै आएका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई २० हजार नगरसहित सम्मानका विदाई गरेको हो । गाउँपालिकाले नयाँ भर्ना गरेका सबै २९ महिला स्वास्थ्य स्वयमसेविका १० कक्षा पास गरेकालाई भर्ना गरेको गाउपालिका अध्यक्ष हरी रोकायाले जानकारी दिनुभएको छ ।

नयाँ भर्ना भएका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत तालिम दिईसकेको र गाउँपालिकाको पोषण अवस्था सुधार गर्न र गाउँपालिकालाई पूर्र्ण पोषणयुक्त गाउँपालिका बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको अहम भुमिका रहने गाउपालिकाको लक्ष्य रहेको गाउँपलिकाका स्वास्थ्य संयोजक हरिशचन्द्र वि.क.ले बताउनुभयो ।

दुइ दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण सुआहारा दोस्रो कार्यक्रमका पोषण तथा सामाजिक व्यवहार परिवर्तन सञ्चार अधिकृत सजिंव भुजेलले गर्नु भएको हो । तालिममा सुआहारा दोस्रोले स्वयसेविकाहरुको लागि मातृ, शिशु तथा बाल्यकालीन पोषण तालिम पुस्तिका सहयोग गरेको भने आर्थिक सहयोग गौमुलगाँउपालिका अन्तरगत स्वास्थ्य शाखाले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार