पत्रकार महासंघ बाजुरा शाखाको १४ औं साधारण सभा सम्पन्न

  मूलधार पाेष्ट  311 पटक हेरिएको

 बाजुरा-नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । स्वतन्त्र पत्रकारीता बाजुराको शान, कलमजीवीहरुको श्रमको सम्मान भन्ने मुल नाराका साथ नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको १४ औँ बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको हो ।

साधारण सभामा पत्रकार महासंघ शाखा बाजुराले यो बर्षमा आफुले गरेका कामको बार्षिक समिक्षा गर्दै आगामी दिनमा पत्रकार महासंघ मजबुत बनाएर जिल्लाका जनतालाई सही सुचना सम्प्रेष्ण गर्ने प्रतिवद्धताका साथ साधारण सभा सम्पन्न गरेको हो ।  नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्लाका स्थानीय तहसंग समन्वय गरेर अहिले आफ्नै भवन निर्माणका लागि जग्गा खरिद पनि गरिसकेको छ यही आर्थिक वर्ष भित्र भवन निर्माणको काम सुरु गर्ने प्रयासमा महासंघ रहेको महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहले बताएका छन् ।

महासंघको बार्षिक सांगठनकि प्रतिवेदन प्रतुत गर्दैै महासंघका सचिव प्रेम विकले जिल्लामा अन्य विभिन्न क्षेत्रमा आर्थिक सहयोग, पत्रकारमाथी लगाइएका झुटा मुद्दाको विरोध, बेपत्ता भएका पत्रकार तेजु खड्काको खोजी कार्यका लागि विभिन्न ठाँउमा पहल लगायतका सराहनीय कार्य गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

साथै उहाँले प्रस्तुत गर्नु भएको सांगाठानिक प्रतिवेदनमा आगामी दिनमा पनि जिल्लामा कार्यरत सम्पूर्ण केन्द्रदेखि स्थानीय संचारमाध्याममा काम गर्ने संचारकर्मीसंग समन्वय गरी अगाडी बढ्ने योजनाका साथ पत्रकार महासंघ जिल्ला शाखा अघि बढेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ बाजुरा शाखाले वार्षिक साधारण सभाको अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा सहयोग पुर्याएको भन्दै तीन जनालाई सम्मान गरेको छ ।साधारण सभाको अवसरमा सम्मानित हुनेमा जिल्लामा रहेका विभिन्न खाले विरामीको स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डाक्टर टिका राई, जिल्लाका सबै स्वास्थ्य चौकी भन्दा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै टाँटे स्वास्थ्य चोकीका दीपक शाह त्यस्तै जिल्लामा पत्रकारिताको माध्यमबाट विकासमा सहयोग पुर्याएको भन्दै पत्रकार लक्ष्मीराज पाध्यायलाई सम्मानित गरको छ । केहि तस्विर सहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार