डा.सिके राउत राउत जेल चलान

  मूलधार पोष्ट  296 पटक हेरिएको

राैतहट- स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा। सिके राउतलाई आज जेल चलान गरिएको छ । छुट्टै मधेश देशको माग गर्दै तराई मधेशमा अलग राष्ट्रको गतिविधि गर्दै आएका डा। राउतलाई विहिबार रौतहट जिल्ला अदालतले पूर्वपक्षको लागि उनलाई करागार थुनामा पठाइएको हो ।

यस अघि गत सोमबार मात्र सर्वोच्च अदालतले डा। राउतको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेपछि उनलाई पुनः रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

नेपाल सरकारबाट कुनै सबूत पेश गर्न नसकिएपछि उनलाई पूर्वपक्षको लागि तत्काल कारागार पठाइएको हो । राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो । राज्यविरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा राउत विरुद्ध दायर गरिएको मुद्धा अहिले जिल्ला अदालतमा विचाराधीन रहेको थियो ।

गत कातिक १२ गते राउतका आफन्तले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । विहिबार जिल्ला अदालतले उनलाई पूर्वपक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार