एक बर्षमा २ सय १८ जनाले गरे सुरक्षित गर्भपतन

  मूलधार पोष्ट  262 पटक हेरिएको

बाजुरा-यस आर्थिक बर्षमा बाजुरा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका २ सय १८ जना महिलाले सुरक्षित गर्भपन सेवा लिएको तथ्याङ्क सार्बजनिक भएको छ ।  जिल्लामा पछिल्लो समयमा गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि सुरक्षित गर्भपन सेवा गर्नेको संख्या पढ्दै गएको आइपास नेपाल बाजुराका कार्यक्रम संयोजक महेशराज जोशीले बताउनुभयो ।

त्यसका साथसाथै जताततै मेडिकलहरुले कानुन विपरि गर्भपतनको औषधी बेच्ने गरेपछी थप चुनौतीका रुपमा असुरक्षीत गर्भपनको क्रम पनि त्यतीकै बढी रहेको कार्यक्रममा सहभागिहरुले बताउका छन् । अहिले असुरक्षीत गर्भपन गर्नेहरुमा अक्सर किशोरी नै रहेको तथ्याङ्कले देखाएको छ । पीसविन आईपास नेपाल बाजुराद्धारा संचालीत सुरक्षीत गर्भपतन कार्यक्रमको एक वर्षमा गरेका गतिविधीको बारेमा बुधवार बार्षिक समिक्षा गर्दै सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

जबरजस्ति करणि र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र कानुनले तोकेभन्दा माथिको गर्भपतन बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

१२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा अहिले जिल्ला अस्पताल मार्तडी र कोल्टी प्राथमिक केन्द्रमा र ९ हप्तासम्मको गर्भपतन सेवा बाजुरा स्वास्थ्य चाकी, तोली स्वास्थ्य चौकी तोली, देवलशैन स्वास्थ्य चाकी बाह्रविस, कैलाशमाण्डौं स्वास्थ्य चौकी, दहकोट स्वास्थ्य चौकी, पाण्डुशैन स्वास्थ्य चौकी पाण्डुशैनमा यो सेवा रहेको छ ।

त्यस्तै ९ हप्तासम्मकै सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको बुढिगंगा स्वास्थ्य चौकी जडाङ्गा, हुनिमहती स्वास्थ्य चौकी जगन्नाथ, जयबागेश्वरी स्वास्थ्य चौकी, रुगिन स्वास्थ्य चौकी रुगिन, साप्पाटा स्वास्थ्य चौकी र आटिचौर स्वास्थ्य चौकीमा सेवा उपलब्ध रहेको आइपास नेपाल बाजुराका कार्यक्रमम संयोजक महेशराज जोशीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार