जन्मदिनको खर्च बचाएर बिरामीलार्इ बल्याङकेट सहयोग

  पूर्णबहादुर खड्का  323 पटक हेरिएको

अछाम- जिल्लाको साँफेबगरका समाजसेवी कृष्ण कुवँरले आफ्नो जन्मदिनको अवसरमा बयालपाटा अस्पतालका बिरामीका लागी बल्याङकेट प्रदान गर्नुभएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ का कुवँरले आफनो ३४ औँ जन्मदिनको अवसरमा १० थान बल्याङकेट अस्पताललाई हस्तान्त्ररण गर्नूभएको हो ।

अस्पताल परिसरमा एक कार्यक्रमका बिच उहाँले बल्याङकेट अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनलाई हस्तान्त्ररण गर्नूभएको थियो । कार्यक्रममा बोल्दै मेडिकल निर्देशक डाक्टर गौचनले जन्मदिनको शुभकामना दिदैँ समाजका बिभिन्न शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनिय काम गर्दै आउनुभएकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि समाज परिर्वनतका लागी सधैँ क्रियाशिल रहन आग्रह गर्नुभयो ।

साथै मेडिकल निर्देशक डाक्टर गौचनले कुवँरको समाजसेवाको भावना निरन्तर कायम रहोस तथा व्यावसायिक जीवनमा पनि प्रगती हुदै जावस भन्ने शुभकामना समेत दिनुभएको छ । कार्यक्रममा बयालपाटा अस्पतालका वरिष्ठ खरिद तथा संचालन ईन्चार्ज तिलकमान बोहराले जन्मदिनको अवसर कुवँरलाई शुभकामना दिदैँ कुवँरले सामाजिक कामको उदाहरण पेश गरेकोमा खुशी व्यक्त गर्दै जाडो मौसममा बल्याङकेट अस्पतालका बिरामीका लागी महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

बयालपाटा अस्पतालका क्लिनिकल सेवा प्रवन्धक ओमकार अधिकारी, बित्त सहायक रामराज खकुरेल, स्टोर ईन्चार्ज दिनेश कुमार स्वार लगायत कार्यक्रममा उपस्थित कर्मचारीले कुवँरलाई जन्मदिनको शुभकामना दिदैँ समाजका लागी रचनात्मक काम गर्दै उदाहरण पेश गरेको धन्यवाद दिदैँ सुस्वास्थ्य र दिर्घायूको लागी कामना समेत गरेका थिए ।

समाजसेवी कुवँरले हरेक बर्ष जन्मदिनको अवसर तथा अन्य समयमा पनि यस्तै विभिन्न रचनात्मक काम गर्दै आईरहनु भएको छ । कुवँरले अछाम जिल्लाका सामुदायिक बिद्यालयको स्तर बृद्धिका लागी साँफेबगर नगरपालिकाका ४ र चौरपाटी गाउपालिकाका २ गरी जिल्लाका ६ वटा बिद्यालयका प्रध्यानाध्यापकलाई देशका ४ वटा नमुना बिद्यालयमा पोखरा, बुटवल तथा तनहुमा शैक्षिक भम्रण गरानु भएको छ भने आफ्ना बुवाको सम्झनामा प्रभाधम्कोट मावीमा अक्ष्यकोषको स्थापना गरी हरेक बर्ष एसएलसीमा प्रथम हुने एक जनालाई ६ हजारका दरले पुरुस्कार पनि प्रदान गर्दै आईहुनु भएको छ ।

भरखरै धनगढीमा सम्पन्न पूस्तक तथा स्टेश्नरी व्यायवसायिक महासंघ सुदूरपश्चिम प्रदेश सहसचिव पदमा समेत निर्वाचित हनुभएका कुवँरले आफनै लगानीका यस प्रदेशका लागी क्षेत्रिय खेलकुद समेत खेलाईसक्नु भएको छ । फोटो सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार